विश्वकै ठूलो सर्प

विश्वकै ठूलो सर्प


large-snake

अमेरिकाको कन्नास सिटीमा रहेको २५ फिट लामो सर्पले गिनिज बुक अफ वल्र्ड रेकर्डमा संसारकै सबभन्दा लामो तथा ठूलो सर्पको रूपमा आफ्नो नाम लेखाएको छ । तर, यस रेकर्डलाई ब्राजिलमा हालै फेला परेको अर्को अजिङ्गरले प्रतिस्थापन गर्ने भएको छ । उत्तरी ब्राजिलमा एक निर्माण कार्यमा संलग्न कामदारहरू आफ्नो आसपासमा अचानक अनौठो प्रकारको आवाज सुनेर सुरुमा झस्किए, आवाज पछ्याउँदै जाँदा जे देखियो त्यसबाट उनीहरू अत्तालिए । मानिसलाई सजिलै निल्न सक्ने भयानक आकारको सर्प उनीहरूसामु लमतन्न परेको थियो । त्यस विशाल अजिङ्गरलाई पन्छाउन डोजर र क्रेनकै सहारा लिनुप¥यो । उक्त सर्पको लम्बाइ ३३ फिट (करिब १० मिटर) र तौल ४ सय किलोग्रामभन्दा बढी रहेको बताइएको छ । यस अजिङ्गरलाई आधिकारिक तवरले विश्वकै ठूलो सर्पको दर्जा भने दिन बाँकी नै छ ।