यौन हिंसा गर्नेलाई नपुङ्सक तुल्याइने

यौन हिंसा गर्नेलाई नपुङ्सक तुल्याइने


indonesiya

यौन हिंसाको विकृतिबाट मुक्ति पाउन इन्डोनेसियाले एक रोचक एवम् कठोर उपाय अवलम्बन गर्ने भएको छ । खासगरी बालबालिकामाथि गरिने यौनिक हिंसा रोक्नका लागि त्यस्ता अपराधमा दोषी साबित भएकालाई रसायनिक विधि अपनाएर सधैँका निम्ति नपुङ्सक तुल्याइदिने नीति इन्डोनेसियाली सरकारले अख्तियार गर्दै छ । इन्डोनेसियाको संसद्मा निकै चर्को बहसपछि पारित भएको नयाँ कानुनअनुसार अब बालबालिकामाथि यौन शोषण गर्नेको शरीरमा यस्तो हार्मोन प्रवेश गराइनेछ जसको प्रभावले त्यस्तो व्यक्ति कदापि यौन सम्बन्ध राख्न नसक्ने अवस्थामा पुग्छ । संविधानले मानवाधिकारको सम्मान गर्दागर्दै पनि यस्तो अमानवीयझैँ लाग्ने कानुन पास गरेर लागू गराउन अपरिहार्य भएको त्यहाँका राष्ट्रपति जोको विडोडोले बताएका छन् । यौन हिंसा रोक्ने मुद्दामा कुनै सम्झौता हुन नसक्ने र र यस्तो कठोर कानुन लागू हुने भएपछि यसप्रकारको हिंसा नामेट भएर जाने अपेक्षा गरिएको विडोडोले जनाएका छन् ।