
स्वास्थ्यप्रति सचेत मानिस मात्रा मिलाएर सन्तुलित भोजन गर्छन्, आफ्नो खानपानमा विशेष ध्यान दिन्छन् । खानेकुरा र स्वास्थ्यबीचको सम्बन्ध बुझेका सचेत व्यक्तिले मात्र यस्तो विधि अवलम्बन गर्छन्, जो खानकै लागि धर्तीमा आफ्नो जन्म भएको ठान्दैनन् । तर, संसारमा यस्ता मानिसको पनि कमी छैन जो खानकै लागि जन्मेको व्यवहार प्रदर्शन गर्छन् । मलेसियाका ३३ वर्षीय शिया ची हेरेङ नामक पुरुष पनि यस्तैमध्येका एक हुन्, जो शरीरको हाल बेहाल भए पनि खानाको मात्रा घटाउनेबारे सोच्नै चाहँदैनन् । यतिबेला तीन सय १७ किलो तौल पुगेका यिनी दिनमै ३० कचौरा चाउचाउ अनिवार्य रूपले खान्छन् भने यसका अलावा कैयन ग्लास मिल्क सेक, प्लेटका प्लेट आइसक्रिम र अन्य खानेकुरा उनको हरदिनको मेनुभित्रै पर्छ । अनियन्त्रित खानाका कारण पछिल्लो दश वर्षमै भीमकाय बन्न पुगेका हेरेङले हालै मुटु दुखेको सिकायत गर्दा उपयुक्त एम्बुलेन्स फेला नपरेपछि उनलाई लरीमा लादेर अस्पताल पु¥याइएको थियो ।
प्रतिक्रिया