चिट्ठामा कुमारी युवती

चिट्ठामा कुमारी युवती


kumai-prize

विश्वमा चिट्ठा खेल्ने–खेलाउने प्रचलन नभएका देश कमै होलान् । चिट्ठा परेर रातारात करोडपति बनेका समाचार हामी बेलाबेला सुनिरहन्छौँ । यसरी चिट्ठामा रकम जित्नु सामान्य विषय हो । तर, ब्राजिलको एक गाउँमा भने चिट्ठाको अमानवीय प्रयोग भएको सन्दर्भ यतिबेला चर्चामा छ । एन्क्रुजिलहादा नामक उक्त ब्राजिली गाउँमा लट्री जित्नेलाई नगद नभई जवान युवती हासिल हुन्छ, जोसँग उसले चाहेअनुसार शारीरिक सम्बन्ध राख्न पाउँछ । त्यसका लागि जम्मा पाँच पाउन्डको चिट्ठा किन्नुपर्ने हुन्छ भने त्यसभन्दा महँगो चिट्ठा किनेर परेमा बम्पर उपहारका रूपमा कुमारी युवती नै हासिल हुने प्रचलनसमेत रहेको छ । यसरी कम उमेरका युवतीसँग यौनिक सम्बन्ध राख्नकै लागि चिट्ठा खेल्ने र खेलाउने प्रचलन बढेपछि त्यहाँको प्रहरी–प्रशासनले त्यसमा रोक लगाउन प्रयत्न गरे पनि युवती जित्ने लट्रीको धन्दा नियन्त्रण हुन नसक्दा स्थानीय प्रशासन हैरान भएको छ ।