नेपाल तरुण दलको अल्पसंख्यक कोटामा लक्ष्मणको उम्मेदवारी

नेपाल तरुण दलको अल्पसंख्यक कोटामा लक्ष्मणको उम्मेदवारी


laxman-chhantyal

लामो समयपछि यहि २७ गतेदेखि पोखरामा हुन लागेको नेपाली कांग्रेसको सशक्त भातृ संगठन नेपाल तरुण दलको चौथो महाधिवेशनमा तरुण नेता धनबहादुर छन्त्याल (लक्ष्मण)ले आफूलाई केन्द्रीय सदस्यको उम्मेदवारका रूपमा अघिसार्ने घोषणा गरेका छन् । अल्पसंख्यक तथा पिछडा वर्गको तर्फबाट उम्मेदवारी घोषणा गर्दै नेता छन्त्यालले सधैं छाँयामा परेका अल्पसंख्यक र पिछडिएको वर्गलाई राजनीतिको मूलधारमा ल्याउने उद्देश्यले आफूले उम्मेदवारी दिन लागेको बताए ।

उम्मेदवारी घोषणा कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कास्की लेखनाथका जुझारु नेता लक्ष्मणले मुलुक यतिखेर अत्यन्तै जटिल मोडमा रहेको र त्यसको निकासका लागि संविधानसभाबाट जारी गरिएको संविधान कार्यान्वयन गर्नु अपरिहार्य भएकाले उक्त कार्यका लागि तरुण यूवाको भूमिका अग्रणी हुने बताए । आफूले प्रथम अध्यक्ष एवम् वर्तमान रक्षामन्त्री वालकृष्ण खाणले हाँकेजस्तो तरुण दल बनाउने प्रयासका लागि उम्मेदवारी दिने भन्दै सांगठनिक विस्तारका लागि दिन रात नभनेर लाग्ने प्रतिबद्धता जनाए ।

तरुणहरु परिवर्तनका संवाहक भएकोले अब युवा सुहाउँदो संगठन र देशले चाहेको जस्तो राजनीति हुनुपर्ने छन्त्यालको भनाई छ । अहिले नेपाली राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गरी सामाजिक न्यायका लागि एक थोपा रगत शरीरमा भएसम्म लडिरहने उनको प्रण थियो । देशबाट दिन दुइगुणा रात चारगुणाका दरले युवा शक्ति बाहिरिएको कुरालाई मध्यनजर गर्दै यो प्रवृत्ति रोक्न तरुण दलले नेतृत्वदायी भूमिका निर्वाह गर्न–गारउन आफू लागि पर्ने पनि नेता छन्त्यालले बताए ।

विगतमा जस्तो लामो समयसम्म महाधिवेशन नहुने कुरालाई अन्त्य गराई नेतृत्व विकासका लागि समयमै महाधिवेशन गराउन आफूहरू प्रतिबद्ध रहने उनको कथन छ । संगठनभित्रको गुट, उपगुटलाई अन्त्य गरी संगठनभित्र कामको आधारमा नाम र मान दिने संस्कारको विकास गर्नका लागि आफूले उम्मेदवारी दिएको पनि नेता छन्त्यालले बताए । सयौं शहिदको बलिदानीबाट प्राप्त लोकतन्त्रलाई अझै पनि चौतर्फी आक्रमणको खतरा भएकोले लोकतन्त्रको रक्षाका लागि आफू टाउकोमा कफन बाँधेर रक्षाकवजका रुपमा सधैं अग्रमोर्चामा रहने प्रतिवद्धता समेत तरुण नेता छन्त्यालले जाहेर गरे । यसैगरी कास्कीकै अर्का तरुण जुझारु नेता सुरजजंग राणाले पनि खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । तरुणका माझ लोकप्रिय मानिएका कास्कीका यी दुई नेता महाधिवेशनबाट अवश्य विजयी हुने र औपचारिक विजयको घोषणा हुन मात्र बाँकी रहेको कैयन महाधिवेश प्रतिनिधिहरु बताउँछन् ।
suraj-jung-rana