यसरी गइन् सुनकुमारी !

यसरी गइन् सुनकुमारी !


sunkumari-2

रुपन्देही । श्रीमानको कुटाईबाट अर्धचेत अवस्थामा युनिभर्सल मेडिकल कलेजमा भैरहवामा उपचारत रोल्पाकी सुनकुमारी उपचारको क्रममा शनिबार निधन भएको छ । श्रीमानको कुटाईबाट घाइते भएकी रोल्पाकी सुनकुमारी नेपाली आर्थिक अभावमा उपचारमा समस्या भएको थियो । पछि उपचार गराउनको लागि सहयोग जुटे पनि उनको उपचार हुन नसकी निधन भएको अस्पतालले जनाएको छ ।

रोल्पा थवाङ–८ की ४८ वर्षीया सुनकुमारीलाई गत असोज २६ गते साँझ आफ्नै श्रीमानले मरणासन्न हुने गरी कुटेका थिए । थवाङ प्रहरीले उद्धार गरी घर्तीगाउँ अस्पताल पठायो तर त्यहाँ उपचार सम्भव नभएपछि १३ वर्षीया छोरी विनिताले उनलाई भैरहवा ल्याएकी थिइन् ।

युनिभर्सल मेडिकल कलेजमा उपचारत अर्धचेत अवस्थामा रहेकी सुनकुमारीको उपचारमा खर्च अभाव भएको समाचार पत्रपत्रिकामा आएपछि तीन लाख सहयोग जुटेको थियो । शनिबार मात्रै सभामुख ओनसरी घर्ती र उपराष्ट्रपतिपुत्र दिपेश पुनसहितको टोली अस्पताल पुगेर उनको अवस्थाबारे जानकारी लिएको थियो ।

– चन्द्रकान्त खनाल