
सुनौलो नोभेम्बर १९ लाई संसारभर ‘वल्र्ड ट्वाइलेट डे’को रूपमा मनाइयो । न्युयोर्कवासीले चाहिँ यस दिनलाई विशेष तरिकाले मनाउने भन्दै महँगो विधि अपनाए । जब दिवसको नाम नै ‘ट्वाइलेट डे’ छ भने किन विशेष ट्वाइलेट प्रयोग नगर्ने भन्ने सोचका साथ उनीहरूले १८ क्यारेट गोल्डबाट बनेको कमोड तयार गर्न लगाए । १.७ मिलियन डलर खर्च गरेर निर्माण गरिएको सुनको ट्वाइलेटमा बस्न चाहनेको धुइरो लाग्यो । एकपटक प्रयोग गरेबापत पन्ध्र डलर भुक्तान गर्नुपर्ने भए पनि २–२ घन्टासम्म पालो कुरेर मानिसले सुनको ट्वाइलेटमा आफूलाई बसाए । न्युयोर्क म्यानहेटनस्थित एक म्युजियममा राखिएको उक्त गोल्डेन ट्वाइलेटको सुरक्षाका लागि सुरक्षागार्ड र सफाइ कर्मचारीको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया