काला महिलालाई स्तन क्यान्सरको खतरा !

काला महिलालाई स्तन क्यान्सरको खतरा !


black-woman

के रोगले पनि कालो र गोरो वर्णमा भेद राख्छ ? बेलायतमा भएको एक अनुसन्धानले त यस्तै देखाएको छ । गोरा महिलाको तुलनामा कालो वर्णका महिलामा स्तन क्यान्सरको समस्या दुई गुणा बढी देखिएको अनुसन्धानको निचोड छ । यूके क्यान्सर रिसर्च तथा इङ्ग्ल्यान्ड पब्लिक हेल्थ नामक संस्थाले गरेको ताजा अनुसन्धानमा २५ प्रतिशत काली अमेरिकी तथा २२ प्रतिशत क्यारेबियाली महिलामा स्तन क्यान्सरको रोग गम्भीर स्तरमा पाइयो, जब कि गोरी महिलामा यो आँकडा १३ प्रतिशत मात्र थियो । तर, यसरी काला र गोरामा भेद देखिनुको कारणचाहिँ जैविक नभई चेतनाको स्तर रहेको खुलासा गरिएको छ । स्तन क्यान्सरको स्क्रिनिङसम्बन्धी चेतना काला जातिका महिलामा निकै कम रहेकाले यस्तो भएको अध्यताहरूको दाबी छ । यूके रिसर्चले जनाएअनुसार जब महिलालाई मेमोग्राफी (स्तनको एक्सरे)को निम्ति बोलाइयो, काला जातिका महिलाको उपस्थिति न्यून रह्यो । उनीहरू यस्तो जाँचको आवश्यकताबारे अनभिज्ञ देखिए । समय–समयमा जाँच गरेमा प्रारम्भिक चरणमै स्तन क्यान्सर भए–नभएको पत्ता लाग्ने र रोगमुक्त हुन सकिने विज्ञहरू बताउँछन् ।