
विश्वसुन्दरी उत्पादन गर्ने मुलुकको समेत परिचय बनाएको देश भेनेजुएला यतिबेला महँगी र मुद्रा अवमूल्यनको चर्को मार झेलिरहेको छ । बितेको तीन वर्षयता महँगाइको चर्को रूप देखेका भेनेजुयलावासीले यस वर्ष मात्र ७२० प्रतिशत मूल्यवृद्धिको चपेटा व्यहोर्नुपर्ने भएको छ । यस महँगीले उपभोक्तालाई थपिदिएको समस्या रोचक छ । यतिबेला त्यहाँका नागरिक सामान्य पर्समा पैसा बोक्दैनन् । दैनिक आवश्यकताका चिजबिज खरिद गर्न पनि उनीहरू ठूलै झोलामा नोटका बिटा बोक्छन् । सानो पकेट–पर्समा राखेको रकमले त सियो किन्न पनि नपुग्ने अवस्थाले गर्दा भेनेजुयली नागरिक हैरान बन्न पुगेका छन् । एक खिल्ली चुरोटकै २००० बोलीवर्स (भेनेजुयली नोट) तिर्नुपर्ने अवस्था निम्तनु चानेचुने महँगाइ होइन । पसलका साहुजीहरू दिनमै तीन–चारपटकसम्म नोटका बोरा बैंक या घरसम्म ओसार्न बाध्य बनेका छन् भने यसले असुरक्षा र आमउपभोक्तामा त्रास फैलाएको छ ।
प्रतिक्रिया