पाँच वर्षदेखि के खाए यिनले ?

पाँच वर्षदेखि के खाए यिनले ?


air-main_1753418a

सामान्यतया मानिसले दिनमा कम्तीमा तीनपटक भोजन गर्छ । यस हिसाबले महिनामा नब्बे र दश महिनामा लगभग नौ सयपटक खाना खानुपर्ने हुन्छ । जस्तै नहुनेले पनि प्राण धान्नका निम्ति कम्तीमा एक छाक त मागेर पनि पेट भर्नैपर्छ । यो प्राकृतिक नियम नै हो । तर, दश महिना अवधिमा जम्मा सातपटक मात्र (केवल ५०० क्यालोरी) खाना खाएर श्रीलङ्का किरबी डे लनेरोले प्रकृतिलाई नै चुनौती दिएका छन् । बितेको पाँच वर्षयता उनले वर्षमा केवल सात–आठपटक मात्रै खाना खाने रुटिन नै बनाएका छन् । यसरी पाँच सय क्यालोरीको भरमा बाँचेका लनेरोको दिनचर्या भने आममानिसको जस्तै छ । खानाको साटो हावा र घाम मात्रै खाएर पनि मानिस तन्दुरुस्ती साथ बाँच्न सक्छ ? वैज्ञानिकहरूसामु पेचिलो प्रश्न खडा भएको छ ।