त्रिचालिस हजार पटक बलात्कार

त्रिचालिस हजार पटक बलात्कार


mexican-girl-raped

त्यसो त गर्ल ट्राफिकिङको मामलामा मेक्सिको बदनाम छ । वर्षमै बीसौँ हजार महिला बेचबिखनको सिकार हुन्छन् त्यहाँ । यस तथ्याङ्कलाई बिर्साउने एउटा घटना सार्वजनिक गरेकी छिन् कार्ला ज्यासिन्टो नामक एक मेक्सिकन युवतीले । २४ वर्षीया कार्लाले जम्मा चार वर्ष अवधिमा आफू ४३ हजारपटक बलात्कारको सिकार भएको बताएर दुनियाँलाई दुःखद् आश्चर्यमा पारेकी छिन् । सन् २००८ मा ‘प्रस्टिच्युसन’को दलदलबाट उद्धार गरिएकी कार्लाको उमेर त्यतिबेला जम्मा १६ वर्ष मात्र थियो, अर्थात् उनी १२ वर्षकै उमेरमा त्यसमाथि पनि आफ्नै परिजनको दुर्नियतका कारण ट्राफिकिङको सिकार तुल्याइएकी थिइन् । १२ देखि १६ वर्ष अवधिबीच उनलाई ४३ हजारभन्दा बढी पटक रेप गरिएको थियो । उनका अनुसार दिनमै कम्तीमा तीस पुरुषसँग शारीरिक सम्बन्ध बनाउन बाध्य पारिन्थ्यो भने पीडाले उनी चिच्याउँदा सहानुभूति दर्शाउनुको साटो व्यभिचारीहरू अट्टहास लगाउँथे । उक्त नर्कबाट बाहिर निस्केयता कार्ला स्वयम् ह्युमन ट्राफिकिङको सिकार बनेका महिलाको मद्दतमा जुटेकी छिन् ।