टाइटानिकको प्रतिरूप आउने

टाइटानिकको प्रतिरूप आउने


titanic

विश्वइतिहासमै आफ्नो अलग पहिचान बनाएको पानीजहाज ‘टाइटानिक’को डिजाइनकर्ता थोमस एन्ड्रयुले टाइटानिकको डिजाइन कुनै पनि हालतमा समुद्रमा नडुब्ने किसिमबाट गरिएको दाबी गरेका थिए । तर, आफ्नो पहिलो यात्राकै क्रममा पन्ध्र सय मानिसको ज्यान लिँदै केही घन्टाभित्रै उक्त आलिशान जहाज समुद्रको पिँधमा पुगेको थियो । उक्त बहुचर्चित ‘आरएमएस टाइटानिक’कै प्रतिरूप जहाज निर्माणको तयारी गरेर चीनले चर्चा बटुलेको छ । सिन्ह्वाका अनुसार चीनको टुरिजममा चार चाँद लगाउने उद्देश्यले टाइटानिकजत्तिकै विशाल र उस्तै भव्य जहाज निर्माण कार्य आरम्भ भएको छ । निर्माणाधीन ‘टाइटानिक प्रतिरूप’को लम्बाइ पनि ८ सय ८२ फिट तथा चौडाइ ९२ फिट नै रहने र यसमा स्विमिङ पुल, बाथरुम, थियटर, आलिशान कोठालगायतका सुविधा टाइटानिकको जस्तै रहनेछन् । एक सय पैँतालीस मिलियन डलर लागतमा निर्माण गरिने उक्त जहाज सन् २०१८ भित्रै समुद्रमा उतारिने बताइएको छ ।