शुद्ध मह यसरी चिनौँ

शुद्ध मह यसरी चिनौँ


honey

दूधसँग मिसाएर खाए तौल बढाउन सहयोग पु¥याउने, तातोपानीमा मिलाएर खाए बढेको तौल घटाएर छरितो तुल्याउने † यस्तो अमृतगुण भएको खानेकुरा हो मह । यस्तो गुनिलो महलाई आजभोलि विकृत तुल्याएर बेच्ने धन्दा चलेको छ । समाजले सेवा–धर्म भुलेको छ र जसरी पनि दाम कमाउने होडबाजीमा मानिस लागेका छन् । महका नाममा चिनीको चास्नी भिडाएर दाम कमाउनेहरूको बिगबिगी चलेको परिवेशमा असली मह कसरी खुट्याउने त ? असल महको गुण चिन्ने केही उपाय यस्ता छन् । सबभन्दा सजिलो विधि त पानीमा मह हालेर हेर्ने नै हो । महका केही थोपा पानीमा खसाल्नुस्, ती थोपा पिँधमा गएर बस्छ भने त्यो मह असली रहेछ भनी बुझ्नुस्, यदि त्यत्तिकै पानीमा घुल्यो भने त्यो नक्कली हो । आयोडिन र पानीको माध्यमबाट पनि महको सत्य पत्ता लगाउन सकिन्छ । यदि महपानीमा आयोडिन मिसाउँदा त्यो नीलो रङमा बदलियो भने त्यो असली मह नभई त्यसमा माड वा मैदा मिसाइएको छ भनी बुझ्दा हुन्छ । यस्तै ब्लोटिङ पेपरमा राख्दा सोसियो भने पनि मह नक्कली रहेछ भनी बुझ्न सकिन्छ भने काठको छेस्कोमा कपास लपेटेर त्यसमा मह चोबेर आगो लगाउँदा जल्यो भने त्यो शुद्ध मह रहेछ भनी ढुक्कले सेवन गर्दा हुन्छ ।