बिरालोको मलबाट महँगो कफी

बिरालोको मलबाट महँगो कफी


coffee-cat

बिरालोको दिसाबाट सबैभन्दा स्वादिष्ट र महँगो कफी बन्छ भन्ने सुन्दा आश्चर्य त लाग्छ नै, कफीप्रति नै वितृष्ण उब्जन पनि सक्छ । यदि तपाईं कफीको सौखिन हुनुहुन्छ र विश्वका नयाँ–नयाँ स्थानमा पुग्दा कफीको नौलो स्वाद चाख्न चाहनुहुन्छ भने यो जानिराख्नु राम्रै होला कि संसारकै महँगो कफी कुन हो र किन ? ‘सी बिट कफी’ भनेर चिनिने कफी नै विश्वको सर्वाधिक महँगो र स्वादिष्ट कफी मानिन्छ, जसको निर्माण प्रक्रिया पनि उदेकलाग्दो छ । ‘कोपी लुवाक’ भनेर समेत बुझिने उक्त कफी सी बिट जातका बिरालोले खाएर पचाउन नसकेको दानाबाट तयार गरिने हुनाले ‘सी बिट कफी’ नाम दिइएको हो । उक्त जातका बिरालोले दिसा गरेपछि त्यसबाट छानेर धोइपखाली कफीका दाना भुटिन्छ । यो कफी एक कपकै मूल्य करिव सत्र हजार रुपैयाँ पर्न आउँछ । यसको स्वादका कारण यत्रो चर्को मूल्य पनि कफी–पारखीहरू खुसीसाथ चुकाउँछन् । खासगरी जापान, अमेरिकाजस्ता मुलुकमा निर्यात गरिने यो कफी इन्डोनेसिया, भियतनामका साथै भारतका कतिपय स्थानमा समेत उपलब्ध छ ।