ढल्कँदो उमेरमा यस्तो कीर्ति !

ढल्कँदो उमेरमा यस्तो कीर्ति !


us-woman

नयाँ–नयाँ कीर्तिमान बनाएर चर्चामा रहँदै आएकी ५६ वर्षीया अमेरिकी अन्तरिक्षयात्री पैगी ह्विटसनले गत साता नासाका लागि स्पेस वाक गरेर अर्को रेकर्ड कायम गरेकी छिन् । पछिल्लोपटक तीन सय ७७ दिन अन्तरिक्षमा रहेकी पैगीले साढे ६ घन्टासम्म अन्तरिक्षमा रहेर स्पेस वाक गर्ने अहिलेसम्मकै ज्यादा उमेरकी महिलाको कीर्तिमान बनाएकी हुन् । महिला अन्तरिक्षयात्रीको रूपमा सबभन्दा धेरैपटक अन्तरिक्षयात्रा गर्ने कीर्तिमानी सातपटक अन्तरिक्षयात्रा गरेकी भारतीय मूलकी सुनिता चावलाको नाममा थियो । अब पैगीले पनि सुनिताकै समानको रेकर्ड कायम गरेकी छिन् । ५७औँ जन्मदिन स्पेसमै मनाउने तयारीमा रहेकी पैगी यसै साता पुनः अन्तरिक्षयात्रामा निस्कँदै छिन् । ६ महिना अवधिका लागि अन्तरिक्षयात्रा गर्न लागेकी उनले स्पेस स्टेसनको पावर अपग्रेड गर्ने मिसन बोकेकी छिन् ।