
एउटा माछाको मूल्य कतिसम्म पर्ला ? केही सय या हजारको अनुमान लगाउन सकिन्छ । तर, हालै जापानमा एउटै माछा ६ लाख ३२ हजार डलर (सात करोडभन्दा बढी)मा लिलाम भएको छ । जापानमा सुशी रेस्टुरेन्ट चलाउने कियोसी किमुराले उक्त टुना फिसलाई यति महँगो मूल्यमा खरिद गरेका हुन् । टोकियोको सुकिजी फिस मार्केटमा भएको यस लिलामीमा करिब साढे तीन लाख रुपैयाँ प्रतिकिलोमा टुना फिस बिक्री भएको थियो । मूल्यको हिसाबमा यो माछा विश्वप्रसिद्ध लग्जरी कार बीएमडब्लूभन्दा पनि महँगो पर्छ । जापानमा अत्यन्त रुचाइने एउटा डिस टुना माछाबाटै तयार पारिने भएकाले जापानलगायत केही मुलुकमा उक्त माछाको माग निकै रहँदै आएको छ ।
प्रतिक्रिया