चालीस वर्षमा ६९ बच्चा

चालीस वर्षमा ६९ बच्चा


bachha

एउटी महिलाले जीवनकालमा कतिवटासम्म सन्तान जन्माउन सक्लिन् ? एक–डेढ दर्जनसम्मका रेकर्ड त हाम्रै मुलुकका कैयन स्थानमा पनि बनेका होलान् । गिनिज बुकमा चाहिँ एकै आमाबाट ६९ वटा बच्चा जन्माएको रेकर्ड कायम छ । पहिले नै बनेको यो रेकर्ड तोड्दै थिइन् एक प्यालेस्टाइनी महिलाले । चालीस वर्षकै उमेरमा उनले ६९ वटा सन्तानलाई जन्म दिइसकेकी पनि थिइन् । तर, विश्वरेकर्ड तोड्न नपाउँदै हालै ती महिलाको ४० वर्षकै उमेरमा निधन भएको छ । ती उर्वर महिलाले आफ्नो जीवनकालमा १६ पटक जुम्ल्याहा, सातपटक तीन–तीनवटा र चारपटक एक साथ चार–चारवटा बच्चालाई जन्म दिएकी थिइन् ।