रूख चढ्ने बाख्रा

रूख चढ्ने बाख्रा


Morakko

बाख्राले रूखको घाँस त खान्छ, तर रूख चढ्न सक्दैन । हामीले देख्दै–जान्दै आएको यही नै हो । तर, मोरक्कोका बाख्रा बकाइदा रूखै चढेर घाँस खान्छन् भन्ने सुन्दा पक्कै आश्चर्यमा परिन्छ । प्रस्तुत तस्बिर कुनै फोटोसप इमेज नभई वास्तविक हो । उत्तर अफ्रिकी मुलुक मोरक्कोका बाख्रा यति सक्षम हुन्छन् कि घाँसका अग्ला रूखको टुप्पो चढेर पेट भर्छन् । यसरी रूखका टुप्पामा चरिरहेका बाख्राका जमात देख्दा मोरक्को पुग्ने टुरिस्ट छक्क पर्छन् । मोरक्कोका बाख्रा रूख चढ्नुको खास कारण यो मानिन्छ कि त्यहाँको पहाडी इलाकाका अत्यन्त भिरालो जमिनमा हिँड्दाहिँड्दै तिनलाई जस्तोसुकै अप्ठ्यारो स्थानमा उक्लने बानी परेको हुन्छ । मोरक्कोका अधिकांश भूभाग सुक्खा या मरुभूमि भएकाले खानेकुराको खोजीमा घाँसको रूख देखेपछि रूख चढेरै भए पनि भोक मेटाउन ती बाध्य हुन्छन् । खासगरी मोरक्कोमा पाइने आठ–दश मिटर अग्ला ओर्गन ट्री चढेर घाँस खान त्यहाँका बाख्रा पोख्त हुन्छन् ।