
– सूर्यन्द्र
‘मेची–महाकाली राष्ट्रिय अभियान’को नाममा एमाले यतिबेला तामझामका साथ कार्यकर्ताको जुलुस लिएर हिँडिरहेको छ । सरकारले चुनाव घोषणा गरेलगत्तै सुरु भएको एमालेको यस अभियान मूलतः चुनावकेन्द्रित छ भन्ने सबैले बुझेकै छन् । सभा, जुलुस गर्नेदेखि अनेक तडकभडक र मारीमुङ्ग्रीसम्म गरेर पनि नतिजा आफ्नो पक्षमा पार्न खोज्नु एमालेको एक प्रमुख विशेषता नै हो । विगतले यही दर्शाउँछ, वर्तमानमा पनि यही अभ्यास गरिँदै छ । आगामी वैशाखमा गर्ने भनिएको चुनाव होला–नहोला, तर चुनावको परिणाम जसरी पनि आफ्नो पक्षमा पार्न एमाले उद्यत् बनिसकेको छ ।
यसरी एमालेले चुनावी अभियान सुरु गरेको तेस्रो दिनमै सप्तरीमा जनताको रगत बग्ने घटना घट्यो । एमाले नेताका कतिपय बोली र व्यवहारप्रति असन्तुष्ट पक्षको बोलवाला रहेको क्षेत्र हुनाले २ नम्बर प्रदेशतिर एमालेले अवरोध व्यहोर्नुपर्ने अवस्था आउन सक्छ, केही न केही धक्कामक्का चल्न सक्छ भन्ने अनुमान नगरिएको होइन । तर, त्यहाँ त जनताले रगत नै बगाउनुप¥यो । यसका लागि दोषी एमाले हो या मधेसी मोर्चा या सरकार ? यस सवालमा अनेक बहस चलेका छन्, चल्दै रहला । तर, एमालेकै कार्यक्रममा प्रायः जनताको रगत बग्ने अवस्था किन आइपर्छ ? यो अहम् सवाल बनेको छ यतिबेला ।
एमाले सत्तामा रहँदा भएको रङ्गेली घटना होस् वा ऊ प्रमुख प्रतिपक्षी भएको बेला सप्तरीमा घटेको घटना होस्, एमालेको कार्यक्रममा जनताको रगत बगेको छ । रङ्गेली, सप्तरीलगायतका सबै स्थानमा अरूका कार्यक्रम शान्तिपूर्वक नै हुन्छन् । पाखा लगाइएका राजा त्यहा“ जा“दा भव्य स्वागत पाउँछन् । ठूला भनिएका दलहरूको कार्यक्रम पनि सफल हुन्छ । भर्खर उम्रँदै गरेका साना दलका कार्यक्रम पनि सौहार्दतापूर्वक नै हुन्छन् । केवल एमालेको कार्यक्रममा किन प्रहरीको गोली चल्छ ? यो कुराको विवेचन गर्नु व्यर्थ छ, किनभने एमालेबाहेक अरू सबैले बुझेकै छन् । एमाले पटक्कै बुभ्mन चाहँदैन र डाको गर्दछ– हामीमाथि निषेधको राजनीति गरिँदै छ ।
अहिले एमालेले उच्चारण गर्ने गरेको ‘निषेधको राजनीति’ भन्ने शब्द यसअघि कमल थापाले प्रयोगमा ल्याएका हुन् । तर, त्यसबेला उनी भन्थे, ‘पहिले हामीले निषेधको गलत राजनीति सुरु ग¥यौँ, अहिले अरूले हामीमाथि निषेधको राजनीति गरे ।’ हो, नेपालको राजनीतिमा आएका धेरै विकृतिको जननी राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको मैमत्तापन नै हो । यसको सर्जक कमल थापालगायतको तिकडी थिए । उनको यो दम्भ र बलमिच्याइँ शाहीकालको गृहमन्त्री हु“दा पनि कायम रह्यो । त्यो मन्त्रिमण्डलका अन्य सदस्यले बिस्तारै बाहिर ल्याउने नै छन् । जे होस्, कमल थापाले निषेधको राजनीति आफ्नो पनि हतियार भएकोचाहिँ अस्वीकार गरेनन् ।
राजा कुना लगाएपछि सबैभन्दा धेरै निषेधको राजनीति गर्ने एमाले नै हो । उसको युवा सङ्घ त लाग्छ– गठन नै विरोधीहरूको मुख बन्द गर्न भएको हो । पूर्वकुमारीको दर्शन गर्न नदिएर राजालाई निर्मलनिवासमै नजरबन्द गर्ने प्रधानमन्त्री माधवकुमार नेपाल थिए । मन्त्रीको जिम्मेवारीसम्म पाएका युवा सङ्घका नेताको नाममा कार्यक्रम बिथोलेका रेकर्ड कति छन् कति ! देख्दै, सुन्दै र बुझिँदै आएको कुरा हो कि त्यस सङ्घका तल्ला तहका कार्यकर्तासमेत अरूको ढाड भाँच्न सके सङ्गठनमा आफ्नो राम्रो मूल्याङ्कन हुने मान्यता राख्छन् ।
पूर्व पारिएका राजाले केही बोल्नेबित्तिकै जेल हाल्ने धम्की दिन माधव नेपालकै मुख चिलाउँछ । अनि त्यसमा लहैलहै मिलाउन बाबुराम अघि सर्छन् । राजपरिवारसँग जोडिएका व्यक्ति भएको सङ्गठनले जनताको सहायतामा निक्लन पनि हु“दैन भन्नु निषेध नै होइन र ? अभैm पनि सद्भाव यात्राको क्रममा गरिएका भाषणबाट निक्लेका अभिव्यक्तिहरू के यो मुलुकको परम्परागत शक्तिमध्ये एकलाई निषेध गर्ने नै छैन र ?
निषेधको कार्यनीति पूर्ण क्षमतामा लागू गर्ने काम अभैm पनि एमालेले छोडेको छैन । यसको अर्थ उसलाई तराईमा निषेध गरिएको ‘बकबक’ ठीक भन्ने होइन । एमाले आपैmँले पनि तराईमा प्रत्यक्ष निर्वाचन जितेको छ । कथित मधेसी मोर्चा मात्र तराईमा छैन । अझ भन्ने हो भने अन्यको दा“जोमा मोर्चाको अस्तित्व तराईमा धेरै कम छ । उसको एक हुङ्कारले केन्द्र थर्कन्छ तराई बल्दैन । यो त एमालेलगायतका केही ठूला दलसँग सम्बद्धहरूको मान्यता हो । उनीहरू तराईवासीलाई नेपालका पूर्ण नागरिक नमानिएको जस्तो व्यवहार गर्छन् ।
बानेश्वरमा माओवादी कार्यकर्ताले केही वर्ष पहिले प्रहरी कुटेको फोटो प्रचार गरेर ‘मधेसीले सप्तरीमा गरेको’ भन्ने जमात कसका भोटर हुन् ? कसका कार्यकर्ता हुन् ? निषेध केही राजनीतिक दलले भाषणमा गरेका होलान्, तर यो बढ्दै गरेको घृणा भने एमालेको आफ्नो कमाइ हो । एमालेसम्बद्ध भनेर चिनिने व्यक्तिहरूले समुदायविशेषलाई गरेको तिरस्कार हो । आफ्ना कार्यकर्ता कस्तो व्यवहार गर्दै छन् भन्ने चासो राख्ने काम सबै दलको हो । एमालेको पनि हो, मधेसी मोर्चाको पनि हो ।
एमालेले प्रयोग गरेको निषेधको राजनीति अहिले मोर्चाले अँगालेको छ । ऊ त्यही हतियारले एमालेलाई प्रहार गर्दै छ । यी दुवैको त केही नबिग्रेला, तर यस्ता प्रहारले युगौँदेखिको नेपाली–नेपालीबीचको सौहार्दतामा भने खलल पुग्दै छ । आपसी मेलमा भेल आउँदै छ । निषेधको प्रहार र डाको लिएर नेपाली समाज भा“ड्ने अधिकार न मोर्चालाई छ न एमालेलाई । नेपाली समाज रक्षात्मक हुनुप¥यो भने त्यो सहन सक्ने तागत कुनै पनि दल या समूहसँग छैन । यो मनन गरियोस् र समाजलाई जबर्जस्ती आत्मरक्षाको निम्ति अघिसर्नुपर्ने अवस्थातिर नधकेलियोस् ।
प्रतिक्रिया