राष्ट्रपति कार्जाईका भाइको हत्या

राष्ट्रपति कार्जाईका भाइको हत्या


लण्डन । अफ्गानिस्तानका राष्ट्रपति हमिद कार्जाईका सौतेनी भाइ, अहमद वाली कार्जाईको हत्या भएको समाचार प्राप्त भएको छ । अफ्गानिस्तानका दक्षिणी क्षेत्रको नेतृत्व पंक्तिमा प्रभावशाली मानिने नेतालाई उनकै निवासस्थानमा गोली हानी हत्या गरिएकोले तालीबानविरुद्ध लडाइ लडिरहेको नेटोका लागि एउटा्र ठूलो धक्का पुग्न गएको छ । उनलाई लामो समयदेखि उनकै सुरक्षाकालागि खटिएका सुरक्षा प्रमुख सरदार मोहम्मदले दुईपटक गोली दागेर हत्या गरेका थिए ।
दश वर्ष भित्रको यो ठूलो उपलब्धि रहेको भनी तालीबानहरुले यस हत्याको जिम्मा लिएका छन् । कान्दहार प्रान्तका एकजना राजनीतिज्ञ, खालिद पख्तुनले यस हत्याको बारेमा उद्धृत गर्दै विगतमा यस्ता हत्याका घटनाहरुलाई ठोस प्रमाण विना इस्लामिक लडाकुहरुले जिम्मा लिंदै आएका छन् भनेर तालीबानले हत्याको जिम्मा लिएको कुरालाई खण्डन गरेका छन् ।
सरदार मोहम्मदले अहमद वाली कार्जाईलाई किन हत्या गरे भन्नेबारे अहिलेसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन, तर, यस घटनाले अफ्गानी उच्च ओहोदामा बसेका अधिकारीहरुका सुरक्षामा भने प्रश्नचिन्ह खडा भएको छ । कान्दहारका प्रहरी प्रमुख अब्दुल रजाकले मंंगलवार बिहान मृतक कार्जाईको घरमा मोहम्मद मालिकलाई दस्तावेज देखाउनकालागि गएका थिए भनेर रिपोर्टमा उल्लेख गरेका छन् । प्रहरी प्रमुखले ..त्यस व्यक्तिले आफूसँग पिस्तोल लुकाएर सुरक्षा चेक गर्ने ठाउँ पार गरेर कार्जाईको कोठाभित्र पुग्न सफल भएका थिए, कार्जाई बाथरुमबाट बाहिर निस्कँदै गरेको बेलामा दुईचोटि टाउकोमा र छातीमा गोली प्रहार गरेर हत्या गरेका थिए … भनेका छन् । देशभरि श्रृंखलाबद्ध वरिष्ठ राजनीतिज्ञहरु र सुरक्षा प्रमुखहरुलाई मारिएकामध्ये हालैको यो घटना सबैभन्दा ठूलो मानिएको छ । केही समयपछि मृतक भाइको अन्त्येष्टिमा जान लागेका अफ्गानी राष्ट्रपति हमिद कार्जाईले दुःख प्रकट गर्दै … यस हत्याले अफ्गानी जनताहरुका पीडालाई झल्काएको छ, यो अफ्गानी जनताहरुका लागि जीवन यसरी नै जिउने तरिका बन्न गएको छ, सबै अफ्गानी परिवारले यो पीडालाई आत्मसात गरेका छन्, हाम्रो आशा भनेको एकदिन यो पीडाको अन्त हुनेछ र शान्ति र खुशी हाम्रो घरहरुमा प्रवेश गर्नेछन् त्यतिबेला मात्र सुशासन आउला … भनेका थिए ।
अलोचकहरुका अनुसार अहमद वाली कार्जाई एकदमै भ्रष्ट, लागू पदार्थको खुलेआम व्यापारमा संलग्न, आफ्नै छुट्टै व्यक्तिगत फौजी दश्ता राखेका लडाकु प्रमुख थिए भनेका छन्, तर, उनका सपोर्टरहरुले उनलाई पख्तुन अधिकारका संरक्षक मान्दछन् । राष्ट्रपतिले आफ्नो भाइको अपराध र आरोपहरुलाई ढाकछोप गर्दै आएका छन् भन्नेहरु पनि छन् । श्रोट – बीबीसी, सुमल, मेस ।