लण्डन । धनी व्यक्तिहरुका छोराछोरीहरु पढ्ने प्राइभेट स्कुलका विद्यार्थीहरुको तुलनामा सरकारी स्कुलमा पढने बेलायतका विद्यार्थीहरु राम्रो विश्वविद्यालयहरुमा पढ्ने अवसर अझ पनि धेरै न्यून रहेको भर्खरैको तथ्याङ्कले देखाएको छ । बेलायतका ३०वटा चुनिएका युनिभर्सिटीहरुमा सन् २००७ देखि सन् २००९सम्म केवल १८ प्रतिशत सरकारी स्कुलका विद्यार्थीहरुलाई भर्ना हुने अवसर पाएको एउटा प्रतिवेदनले दिएको छ । तुलनात्मक हिसाबमा प्राइभेट स्कुलहरुमा पढ्न गएका विद्यार्थीहरुभन्दा लगभग आधा कम रहेको देखिएको छ । २००० सरकारी स्कुलहरुका अपेक्षा पैसा तिरेर पढ्ने जम्मा ५ वटा स्कुलहरु क्रमशः वेस्टमिनिस्टर, एटोन, सेन्टपाल, लण्डनका सेन्टपाल गर्लस् र क्याम्ब्रिजको सरकारबाट सञ्चालित हिल्सरोड सिक्थफोर्म कलेजबाट माथि उल्लेखित समयअवधिमा ९४६जना विद्यार्थीहरु अक्सब्रिजमा भर्ना गरिएको थियो जुनचाँहि सरकारी स्कुलहरुका विद्यार्थीहरुभन्दा १९जना बढी हुन आउँछ । ५ वटा स्कुलबाट उच्च शिक्षाकालागि युनिभर्सिटीमा पठाएका विद्यार्थीहरुका संख्या २००० सरकारी स्कुलहरुबाट पठाईएकाभन्दा बढी तथ्याङ्कले देखाएको थियो । स्कुलमन्त्री निक जिबले यसलाई लेबर सरकारको सामाजिक सुधारको परिचालनमा असफल रहेको भनी टिप्पणी गरेका छन् । “उनीहरुले वाचा गरेर लाखौंहजार बच्चाहरुलाई उत्तम युनिभर्सिटीमा पढ्नुबाट एकरत्ति अवसर नदिई बञ्चित बनाइएको थियो” भनेर अघि भनेका थिए । राष्ट्रिय विद्यार्थी संगठनका प्रेसिडेन्ट, लयाम बर्नस्ले कतिपय युनिभर्सिटीहरुले कतिपय स्कुलहरुलाई एकदमै भेदभाव गरेको टिप्पणी गर्दै त्यसमाथि कारवाही गर्नको लागि आहृवान गरेका छन् । सट्टन ट्रष्टले निकालेको प्रतिवेदनमा युनिभर्सिटीमा भर्ना मिल्नको लागि ए लेभेलको नतिजामा निर्भर रहुने कुरा दर्शाएको छ । तर, कतिपय विद्यार्थीहरुले ए लेभेलमा राम्रो गरे पनि पढ्नबाट अवसर पाउन बञ्चित भएका छन् भनेर पनि सम्प्रेषण गरेको छ । उत्तरी इङ्गल्याण्डका २ वटा विद्यालयहरुका नतिजा लगभग एउटै थियो । तर, एउटा विद्यालयका विद्यार्थी संख्या ५७ प्रतिशत र अर्को विद्यालयका विद्यार्थीहरुको २७ प्रतिशत संख्याले मात्र भर्ना हुने अवसर पाएका थिए । श्रोत – मेट्रो, सुमल, मेस ।
प्रतिक्रिया