
– सुर्यन्द्र
आङ्खनो बुद्धिविवेक प्रयोग नगरी कसैको भक्त हुनु राम्रो कुरा हैन । यो कुरा वर्तमानमा सबैले भनिरहेका छन् । त्यसो गर्नेहरूलाई आजकल हनुमान भन्ने गरिन्छ । उनीहरूलाई हनुमान भनेर हियाउन खोजे पनि त्यो भन्नेले आफ्नो संस्कृतिलाई गाली गरिरहेका छन् तर अज्ञानमा । अष्ठ चिरञ्जीवी मात्र हनुमान हुन् जसलाई ज्ञानगुणको सागर भनिन्छ । बाँकी सात अरु नै कुराको निमित्त जानिन्छन् । अश्वस्थामा ब्रम्हास्त्रको दूरुपयोगको दण्ड भोग्न चिरञ्जीवी भएका हुन् । बलि दानको महिमाले, व्यास पुराण लेखन अर्थात वैदिक इतिहास ज्ञाता । विभिषण र कृपाचार्य भगवानको कृपाले अनि परशुराम पितृ आज्ञा पालन, मारकण्डेय शैव इतिहास ज्ञाता थिए ।
अहिलेका नेताभक्तहरू भनेका उनिहरूको झोला बोकिदिने झोले हुन्, अर्थात बोझा बोक्ने भरिया । यो काम साधारण तथा गधाले गर्दछ । जाँतो सिलौटो आदिको भारी गधामा बोकाएर घरआँगन फेरी लगाएको देखेकै छौँ । अझ थपमा भन्ने हो भने जमिन्दारी युगमा हुक्का बोकेर मालिकको पछिपछि लाग्ने हुक्के वा बैठकमा मालिकलाई कमजोर पर्न नदिने बैठके भन्दा पनि फरक पर्दैन । तर, हनुमान… बुद्धि, बल, कौशल, ज्ञान आदिले स्वामीको हित गर्ने स्वामिभक्तसँग जोड्न मिल्दैन । यी झोले, हुक्के, बैठके आङ्खना मालिकमा शक्ति छउन्जेलका निमित्त हुन् । शक्ति सकिनेवित्तिकै यीनको बास पनि अन्तै हुन्छ, चास पनि अन्तै हुन्छ ।

हनुमान संकटमोचन मानिन्छन् । आफ्नो स्वामीको मात्र हैन आफ्ना भक्तहरूको पनि संकट मोचन गर्दछन् भन्ने मान्यता छ । यस्तोमा ती तुच्छहरूलाई हनुमान भन्नु भनेको अज्ञानताको परकाष्टा हो । भरौटेहरू आफ्ना मालिकले दिन भने दिन रात भने रात भन्छन् । तर, हनुमानले रामबाट हुन लागेको गलत काम विद्वतापूर्वक, चतुराईपूर्वक रोकेका अनेकौ प्रसङ्ग छन् । प्राण गए पनि वचन नजाओस् भन्ने रघुवंशीय रामको वचन र प्राण दुवैको रक्षा गरेर अपयशबाट हनुमानले ज्ञानको साहराले नै रोकेका प्रसंगहरू पाइन्छ ।
आफ्ना नेताको हातको कठपुतली भएर नाच्नेहरूलाई हनुमान भनिनु भनेको उच्चतम मान दिनु हो । वर्तमानमा हनुमान भन्नेहरूले त्यो मान दिएको हैन । त्यस्ताको उछित्तो काढ्न हनुमान भनिएको हो । यो भनेको त कुनै अपराधलाई सजाय दिन पुरस्कृत गर्नु सरह हो । थपमा हाम्रो संस्कृति परम्पराको खिल्ली उडाउनेहरूले हामीले मानेको श्रद्धा गरेको प्रतिकलाई हामीबाटै तिरस्कार गराएको पनि भयो । यस्तो कुरालाई नै सांस्कृतिक हमला भनेर भनिन्छ । कुनै न कुनै कुराको लोभमा चाकरी गर्ने स्वार्थी जमातका सदस्यहरूलाई पुरष्कार अस्विकार गरेर निष्काम भक्ति गर्ने हनुमानसँग दाज्न अब हामीले छोड्नै पर्दछ ।
सनातनीले आफ्नो जन्मतिथीमा पुजा गर्ने अष्टचिरञ्जीवी मध्ये सबैभन्दा ज्ञानी हुन् हनुमान । मान्यताअनुसार स्वामीभक्ति मात्र हैन आफ्ना भक्तहरूको रक्षा गर्ने हुन् हनुमान । श्रृष्टिमा कुनै संकट आइप¥यो भने त्यो संकटमोचक हनुमानलाई मानिन्छ । तपाइँ–हामीमध्ये नै कति हौँला जो आफ्नो रक्षार्थ ‘हनुमान चालिसा’ बोकेर हिँड्छौँ, हनुमान चालिसाको जप गर्दछौँ । त्यसैले झोले, हुक्के, बैठके आदिलाई हनुमान भनेर आफ्नै आस्थालाई गाली गर्न बन्द गरौँ । यस्ता आङ्खनो स्वाथ्र्यको निमित्त दिनलाई रात र रातलाई दिन भनेर चाकडी बजाउने मतिहीनलाई हनुमान नभनौँ । यी हनुमान त के मान्छे पनि भन्न लायकका हैनन् ।
प्रतिक्रिया