समलिङ्गीमाथि यस्तो ज्यादती

समलिङ्गीमाथि यस्तो ज्यादती


gay

मानवअधिकारवादी सङ्घ–संस्थाको विरोधका बाबजुद इन्डोनेसियाली एक समलिङ्गी जोडीलाई सार्वजनिक स्थानमा कोर्रा लगाइने भएको छ । २० र २३ वर्षका यी युवालाई आफ्ना गतिविधिमाथि विशेष नजर लगाइएको छ भन्ने कत्ति आशङ्का थिएन । तर, आपसमा यौनसम्बन्ध राखेको र त्यसको भिडियोसमेत बनाएको प्रमाणसहित मुस्लिम सरिया कानुनअनुसार सय–सय कोर्रा लगाइने सजाय सुनेपछि उनीहरू धुरुधुरु रोएका थिए । उनीहरूले सजाय कम गर्न न्यायाधीशसमक्ष गिडगिडाए । त्यसपछि न्यायाधीश खैरिल जमालले ‘गे सेक्स गरेको प्रमाणित भए पनि युवकहरूको असल व्यवहारका कारण सयबाट घटाई पचासी–पचासी कोर्रा मात्र लगाउनू’ भन्ने आदेश जारी गरेका थिए । ह्युमन राइट वाचले यसको तीव्र विरोध गरे पनि इन्डोनेसियाली प्रशासनले आफ्ना निम्ति मानवअधिकारवादीको आवाजभन्दा सरिया कानुन नै माथि रहेको भन्दै उक्त समलिङ्गी जोडीमाथि कोर्रा वर्षाइने भएको छ ।