यो बालकको भोक कस्तो !

यो बालकको भोक कस्तो !


Mote

उमेर जम्मा १० वर्ष, शरीर हेर्दा हात्तीबराबर । जकार्ता (इन्डोनेसिया) निवासी आयरा नामक बालकले व्यहोरेको यथार्थ हो यो । आकार–प्रकारको दृष्टिले झन्डै–झन्डै एउटा हात्तीजस्तै देखिने आयरा दिनमा पाँच किलो चामलको भात मात्रै खाँदैनन्, माछा, मासु, चाउचाउलगायतका खानेकुरा छिनछिनमै खाइरहनुपर्ने यी बालक रातमा पनि चारपटक खानेकुरा नपाए घरमा उपद्रो मच्चाउँछन् । जति खाए पनि भोक लाग्यो भनी चिच्याउनु यो बालकको विशेषता नै बनिसकेको छ । धेरै खाँदा मृत्यु हुन सक्छ भनी चिकित्सकले पटक–पटक सुझाव दिएको कुरा सुनाएर अभिभावकले कम खान अनुरोध गर्दा आयरा उल्टै रिसाउँछन् । मोटो शरीर लिएर विद्यालय जाने माहोल नहुँदा यी मोटु पढाइमा मठ्ठु छन् भने बजारमा उनको शरीरअनुसारको कपडा नपाउँदा उनी प्रायः कम्मरमुनि एकसरो लुङ्गी बेरेर बाँकी नाङ्गै रहन रुचाउँछन् ।