
■ दामोदर पौडेल
एक मुस्लिम महिलाले श्रीमान्ले तीनपटक ‘तलाक’ भनेर आफूलाई छोडी अर्को विवाह गरेको झोँकमा ‘तीन तलाक भनी पत्नी छोड्नेलाई चोकमा झुन्ड्याउनुपर्छ, तरबारले काटेर मार्नुपर्छ, म नै मारिदिन्छु, त्यसो नभए मसमेत तलाक पाएका महिला हिन्दूधर्म अँगाल्छौँ’ भन्ने अभिव्यक्ति दिइन् । त्यसको दुई दिनपछि नै उनी आफूले गल्ती बोलेको भनेर माफी माग्न विवश भइन् । भनिन्छ, उनको क्रोध बाँकी नै थियो, तर उग्रवादीको धम्कीका कारण उनले आफ्नो भनाइ फिर्ता लिइन् । त्यसो त एक महिनाभित्रमा यूपी (भारत)मा २० जनाभन्दा बढी मुस्लिमले एकैपटक हिन्दूधर्म अँगालेर आर्यसमाजी बने । यो डर हो कि आक्रोश भन्ने प्रस्ट भएको छैन ।
भारतीय मुसलमान भाजपा र उग्रवादी मुसलमानहरूको गरी दोहोरो त्रासमा छन् भन्ने गरिन्छ । भाजपाले मुसलमानप्रति कति अविश्वास देखाएको छ भन्ने तथ्य त केन्द्रीय मन्त्री रविशंकरले ‘मुसलमानहरूले हामीलाई मत दिँदैनन्, तर हामी मुसलमानलाई विभेद गर्दैनौँ’ भन्ने अभिव्यक्ति दिएबाटै प्रस्ट हुन्छ । उनीहरूले मुसलमानले आफूहरूलाई मत दिँदैनन् भन्ने प्रचार गरिरहेका छन् । अर्कोतर्फ भर्खरै भएको दिल्लीका तीनवटा महानगरका चुनावमा भाजपाले मुसलमानहरूलाई उम्मेदवार बनाएर जिताएको पनि छ । यूपी, उत्तराखण्डसमेतमा प्रचण्ड बहुमत पाएपछि दिल्लीमा पनि चुनाव जितेर भाजपा उसका समर्थकहरूका लागि आशाको केन्द्र र अरूका लागि त्रासको कारण बनेजस्तो पनि देखिएको छ ।
भाजपाले राम्रो मत पाउनाका तीन प्रमुख कारण छन् । पहिलो– मुसलमान आतङ्ककारीहरूको कारणले मानिस, विशेषतः हिन्दूधर्मको पक्षधरहरू कमसेकम शान्ति चाहन्छन् र त्यो भाजपाबाट पूरा हुन सक्छ भन्ने तिनले सोचेका देखिन्छन् । अर्को, चुनावी रणनीतिमा उनीहरूले आफ्ना कार्यकर्ताले चुनाव जितेको ठाउँमा नराम्रो काम गरेको देखिएमा उनीहरूलाई टिकट नदिन कुनै प्रकारले डराएनन् । तीनवटा दिल्ली महानगरपालिका चुनावमा भाजपाले कुनै पनि पुराना पदाधिकारीलााई टिकट दिएन । त्यस्तै, मुसलमान महिला र तलाक पाएर पीडित भएका मुसलमान अभिभावकहरूले आफ्ना सन्तान र आफन्तको हितका लागि भाजपा सहयोगी हुने महसुस गरे । सायद उनीहरूको धेरै भोट पनि भाजपालाई नै प्राप्त भयो ।
हिन्दूहरू धर्मान्तरण गर्ने र अरूलाई हिन्दू बनाउने अभियानमा थिएनन् । बरु अरू धर्मतर्फ कोही गएमा आफ्नो धर्ममा पुनः स्वीकार नगर्ने परम्परा थियो । तर, अरू धर्म मान्नेहरूका क्रियाकलापका कारणले हिन्दूहरूले पनि अरू धर्म मान्नेहरूलाई हिन्दूधर्ममा आउँदा स्वीकार गर्ने गरेका छन् । भर्खरै भारतमा क्रिश्चियन र मुसलमानहरू हिन्दू बनेका खबर आउनाका कारण यिनै हुन् । हिन्दूहरूको सहिष्णु स्वभाव पनि अन्य धर्मको असहिष्णु स्वभावले कट्टर र असहिष्णुजस्तो हुन पुगेको छ । त्यसैले होला राजस्थानका मुसलमान नेताले हिन्दूहरू आतङ्ककारी हुनै सक्दैनन् बरु प्रतिआतङ्कवादी हुन सक्छन् भनेर हिन्दूहरू प्रतिरक्षामा उग्र हुन सक्छन्, आफैँ अरूको विरुद्धमा चाहिँ उग्रता प्रदर्शन गर्दैनन् भन्ने प्रस्ट गरेका थिए ।
मुसलमानहरूले हामीलाई भोट दिँदैनन् भन्दाभन्दै पनि मुसलमान किन भाजपालाई भोट दिन्छन् ? भोट दिएर पनि तथा मुसलमान उम्मेदवार उठाएर जिताए पनि र त्यो तथ्य उनीहरूलाई थाहा हुँदाहुँदै पनि भाजपा नेताहरू किन मुसलमानहरूले हामीलाई भोट दिँदैनन् भन्छन् ? यी सवाल अहम् छन् । सायद यो हिन्दूहरूको मत ‘भोट बैंक’मा परिणत गर्ने योजनाअनुसार भएको राणनीतिक चाल हो ।
अहिले त अयोध्यामा राममन्दिर बनाउन मुसलमानहरूको सक्रियता बढेको छ । उनीहरूमध्ये एक मुसलमान अगुवाले भने, रामलाला र बाबरको कुनै तुलना हुन सक्दैन, त्यसैले त्यहाँ राम मन्दिर बन्नुपर्छ । एकजना मुसलमान महिलाले भनिन्, गाई र भैंसीको दूध खानुपर्नेमा मासु नै खाने मुसलमानहरूको प्रवृत्ति नै हिंस्रक छ । यसबाट सवाल उठ्छ– किन मुसलमान नै मुसलमानका केही व्यवहारप्रति बढी आक्रोशित छन् ?
नेपालमा पनि नेपालगञ्जलगायत केही स्थानमा मुसलमानहरूले हिन्दूराष्ट्रको पक्षमा जुलुस नै निकालेका थिए । केही क्रिश्चियन विद्वान्हरू नेपाल हिन्दूराष्ट्र हुनुपर्ने माग राखिरहेकै छन् । के भारतीय राजनीति र नेपाली यी भनाइबीच तालमेल छ ? भारतमा अहिले फेसबुकमार्फत मुसलमान युवतीले ‘तलाकको चक्कर होइन हिन्दू बनौँ, हिन्दू पुरुषसँग विवाह गरौँ र सात जुनीसम्म सँगै बसौँ’ लेख्न थालेका छन् । भाजपा नेताहरूले मुसलमानले हामीलाई मत नदिए पनि हामी सबैलाई समान व्यवहार गर्दछौँ भनिरहनु र मुसलमानहरूको भाजपाप्रतिको आकर्षण बढिरहनु अचम्मकै विरोधाभाषपूर्ण अवस्था देखिन्छ । अयोध्यामा मुसलमानहरूले राममन्दिर बनाउन जुलुसमा नेतृत्व मात्र गरेनन्, बरु रामलालासँग बाबरको तुलना नै हुन नसक्ने हुँदा राममन्दिर बन्नैपर्छ भन्ने धारणा पनि राखे, किन ?
नेपालीले सिक्नुपर्ने नयाँ पाठ भनेको दिल्लीका तीनवटा महानगरपालिकाको चुनाव हो । त्यहाँ भाजपाको पहिला पनि बहुमत थियो र अहिले पनि भयो । तर, भ्रष्टाचारको आरोप लागेकाले समेत भाजपाले त्यहाँ कुनै पनि सिटमा पुरानाहरूलाई पुनः टिकट दिएन । २ सय ७० सिटका लागि भएको चुनावमा भाजपा आफ्ना कार्यकर्ताका गल्तीप्रति यति कठोर बन्यो कि कुनै पनि सुनुवाइ नगरी पुराना चेहरालाई बिदाइ नै ग¥यो । यहाँ त पैसा, पावर र आफ्ना लठैतहरू भएकालाई टिकट दिने, दोहो¥याउने र टिकट नदिँदा अर्को दलमा जान्छन् कि भनेर डराउने प्रवृत्ति छ । भाजपा किन डराउन नपरेको र हामीकहाँ किन डराउनुपरेको ? कारण खोजौँ ।
विगतमा भारतीय काङ्ग्रेस र अन्य क्षेत्रीय दलहरूले मुसलमानलाई भयको राजनीतिबाट आफ्नो पक्षमा लिन कति ठूलो कसरत गरेका रहेछन् र भ्रम दिएका रहेछन् भन्ने यसबाट देखिन्छ । जब उनीहरू खुला भए हिन्दूसँग स्वतन्त्र भावना राख्न र त्यही आधारमा काम गर्न थालेका छन्, आफ्ना विकृतिलाई कि सुधानुपर्ने अन्यथा विद्रोह गर्ने आवाज आइरहेका छन् ।
अहिले लागिरहेको छ कि भारतमा भारतीय जनता पार्टीले सही बाटो समातेको छ । यो दल भारतको ठूलो राष्ट्रिय पार्टीको रूपमा त स्थापित भइनै सक्यो । यसले देशलाई अपेक्षाकृत भ्रष्टाचारमुक्त बनाउने र विकास गर्ने तथा भेदभाव कम गर्ने आशा गरिएको छ । उनीहरूको नारा नै सबैको विकास र सबैको साथ भन्ने रहेको छ ।
अर्कोतर्फ भाजपाबाट नेपालीले सिक्नुपर्ने नयाँ पाठ भनेको दिल्लीका तीनवटा महानगरपालिकाको चुनाव हो । त्यहाँ भाजपाको पहिला पनि बहुमत थियो र अहिले पनि भयो । तर, भ्रष्टाचारको आरोप लागेकाले समेत भाजपाले त्यहाँ कुनै पनि सिटमा पुरानाहरूलाई पुनः टिकट दिएन । २ सय ७० सिटका लागि भएको चुनावमा भाजपा आफ्ना कार्यकर्ताका गल्तीप्रति यति कठोर बन्यो कि कुनै पनि सुनुवाइ नगरी पुराना चेहरालाई बिदाइ नै ग¥यो । यहाँ त पैसा, पावर र आफ्ना लठैतहरू भएकालाई टिकट दिने, दोहो¥याउने र टिकट नदिँदा अर्को दलमा जान्छन् कि भनेर डराउने प्रवृत्ति छ । भाजपा किन डराउन नपरेको र हामीकहाँ किन डराउनुपरेको ? कारण खोजौँ । एउटा कारण त भाजपका केन्द्रीय र प्रान्तका नेताहरू पनि अपेक्षाकृत इमानदार र क्रियाशील छन् । उनीहरूलाई कसैले पैसा देला र उसलाई टिकट दिउँला भन्ने चाहना छैन । लोभ कम भएपछि मानिस निष्पक्ष हुने सम्भावना अधिक हुन्छ पनि ।
मोदी प्रधानमन्त्री बन्दा लालकृष्ण आडवाणी, राजनाथ सिंह आदिले विद्रोह नै गर्छन् कि भन्ने हल्ला फिँजाइएको थियो । यूपीमा योगी आदित्यनाथ मुख्यमन्त्री बन्दासमेत दललाई अप्ठ्यारो पर्ने अनुमान भएको थियो, तर केही भएन । बरु राजनाथ मोदीका गृहमन्त्री बन्न तयार भए । योगीका प्रतिस्पर्धी भनिएकाहरू उनैका सहयोग मन्त्री बने । हामीले यो मनन गर्दै यसको कारण पनि खोज्नुपर्छ ।भाजपा नफुट्नुको र यसका गुटउपगुट प्रकट रूपमा नआउनुको पछाडि केही अहम् कारण छन् । प्रथमतः निजी कारणले कुनै कार्यकर्तामाथि भेदभाव वा कुनै कार्यकर्तालाई माथि लग्ने वा सुविधा दिने काम भाजपाबाट हुँदैन भन्ने विश्वास क्याडर र जनतामा छ । नेताहरू व्यक्तिगत सम्पत्ति कमाउने घोषित र अघोषित दौडमा छैनन् भन्ने विश्वास जनतामा छ ।
कसैलाई गरिबीको कारणले दिइने सहयोगबाहेकका अन्य कारणले सामान्यतः विशेष छुट नदिने र क्षमताको आधारमा काम दिने, सबैको आर्थिक उन्नतिलाई ध्यान दिने दलको रूपमा विकसित भएकाले कसैलाई जातकै आधारमा मात्र विशेष सुविधा दिने र कसैलाई समान क्षमता भएर पनि आरक्षण आदिका कारणले पछाडि पार्ने नीति भाजपाको छैन । बरु सबैको क्षमता बढाउनुपर्छ भन्नेमा भाजपा छ जस्तो महसुस हुनु पनि जनताको साथको प्रमुख कारण हो ।
अर्कोतर्फ यो पार्टी हिन्दुत्वका साथसाथै नारी–पुरुषको समानताको पक्षमा छ भन्ने विश्वासको कारणले यसको भोटबैंक बढिरहेको छ । वास्तवमा भन्नैपर्छ कि विश्वव्यापी रूपमा निश्चित धर्म मान्नेहरूको आतङ्कको जालो र त्रास छ । तथा निश्चित धर्म मान्नेहरू धर्मप्रचारको माध्यमबाट विश्वमा अरू संस्कृति र धर्मप्रति असहिष्णु बनिरहेका छन् । यसको प्रतिकारको आवश्यकता भाजपाले गरेको सम्झेर पनि धेरै क्याडर यसका समर्पित जत्था बनेका छन् र एकप्रकारले यो क्याडरबेस पार्टीजस्तो पनि देखिएको छ । हिन्दूहरू धर्मान्तरण गर्ने र अरूलाई हिन्दू बनाउने अभियानमा थिएनन् । बरु अरू धर्मतर्फ कोही गएमा आफ्नो धर्ममा पुनः स्वीकार नगर्ने परम्परा थियो । तर, अरू धर्म मान्नेहरूका क्रियाकलापका कारणले हिन्दूहरूले पनि अरू धर्म मान्नेहरूलाई हिन्दूधर्ममा आउँदा स्वीकार गर्ने गरेका छन् । भर्खरै भारतमा क्रिश्चियन र मुसलमानहरू हिन्दू बनेका खबर आउनाका कारण यिनै हुन् । हिन्दूहरूको सहिष्णु स्वभाव पनि अन्य धर्मको असहिष्णु स्वभावले कट्टर र असहिष्णुजस्तो हुन पुगेको छ । त्यसैले होला राजस्थानका मुसलमान नेताले हिन्दूहरू आतङ्ककारी हुनै सक्दैनन् बरु प्रतिआतङ्कवादी हुन सक्छन् भनेर हिन्दूहरू प्रतिरक्षामा उग्र हुन सक्छन्, आफैँ अरूको विरुद्धमा चाहिँ उग्रता प्रदर्शन गर्दैनन् भन्ने प्रस्ट गरेका थिए । यो क्रियाको प्रतिक्रियाको रूपमा स्वभाविक पनि हो । यसरी अरू दलहरूबाट पीडित, धर्मको नाममा अन्याय भएको महसुस गरेका र भाजपामा नेताहरूको इमानदारीको जनता र क्याडरबाट सम्मान तथा भ्रष्टाचारप्रति दलभित्र पनि असहिष्णुजस्ता मूल प्रवृत्ति यसका विजयका कारण हुन् ।
तर, देशमा दुईवटा बलिया लोकतान्त्रिक दल बहुदलीय व्यवस्थाका अपरिहार्य आवश्यकता हुन् । त्यसकारणले भारतीयहरूले काङ्ग्रेसलाई पनि सुधारिएर अगाडि बढ्न अवसर दिनेछन् भन्ने आशा राखौँ । त्यस्तै सबै जनताका आवश्यकता समान रूपमा पूरा भएमा क्षेत्रीय दलहरू ठूला दलमा समाहित हुने वा जनता ठूला दलहरूमा एकबद्ध हुने सम्भावना हुनेछ र यो आवश्यकता पनि हो ।
प्रतिक्रिया