
– वीरेन्द्रमणि पौडेल
बाहिरबाट हेर्दा वीरेन्द्र राजा थिए भित्री राजाको भूमिका श्रीमतीले गर्थिन् । ऐश्वर्यको कडा राजकाज दरबारभित्र ज्यादा चल्थ्यो । दरबारका सदस्यहरू राजा र रानीका पक्षमा बाँडिएका थिए । राजाका पक्षमा भएकाहरू कमजोर थिए किनकि रानीको अगाडि पर्नेबित्तिकै राजा साग गलेझैँ गल्थे । गल्ने राजाका पछि उभिनेहरू स्वतः कमजोर हुने नै भए । आफ्नो पुर्खाले जोगाएर ल्याएको देश, आफ्नो पुर्खाको सदस्य नै राजा भएको हुँदा भाइहरू ज्ञानेन्द्र र धीरेन्द्रहरू वीरेन्द्रकै पक्षमा उभिन्थे । तर, राजा कमजोर भएको कारण उनीहरू पनि त्यतिबेला कमजोरै मानिन्थे र भित्रभित्रै मुर्मुरिन्थे ।
राजनीति सफल भए राष्ट्रको उन्नति, प्रगति र समृद्धि देख्न पाइन्छ । राजनीति सफल हुन सक्षम, दूरदर्शी र स्वार्थरहित नेता चाहिन्छ । तर, दुर्भाग्य ¤ नेपालमा कुनै सक्षम, दूरदर्शी र स्वार्थरहित नेता त होला, भएको त्यो नेता प्रधानमन्त्रीको कुर्सीमा पुग्दैन, कार्यकारी अधिकार प्रयोग गर्ने पदमा पुग्दैन, पुग्न दिइँदैन वा पुगे पनि तुरुन्तै खँगारिन्छ । त्यसकारण नेपाल प्रत्येक दिन दुःख र कष्टको खाडलतर्फ हुइँकिएको छ । लाग्छ– नेपालको अबको यो यात्रामा ब्रेक लाउन सक्ने तागत कुनै माइकालालमा छैन ।
नेता भने पनि राजा भने पनि नेपालमा एकपटक श्री ५ महेन्द्र नामका श्रीपेचधारी थिए । राजाको भूमिका निर्वाह गर्ने खुवी र नेताको रूपमा पनि काम गर्न सक्ने क्षमता भएका श्री ५ महेन्द्र बिहानदेखि बेलुका आँखा चिम्लेर भातेनिद्रामा नपरुन्जेल देशहितमा चिन्तन गर्थे । देश जोगाउने र भौतिक विकास कसरी गर्न सकिन्छ भन्नेमा मात्रै सोच्ने महेन्द्रको शैली तिनका पुर्खाको प्रथम हिरो पृथ्वीनारायण शाहसँग धेरै मिल्थ्यो । पक्षपात नगर्ने, न्यायको सवालमा कहिल्यै कसैसँग सम्झौता नगर्ने, खुवी भएका नागरिकहरूलाई काममा लगाउने, देशहितमा काम गर्नेलाई पुरस्कृत गर्ने, राष्ट्रघात, समाजघात गर्नेलाई कठोर सजाय दिनेजस्ता गुणहरू पृथ्वीनारायणबाट महेन्द्रले फिर्ता दिन नपर्ने गरी सापटी लिएका थिए । फरक केमा मात्रै थियो भने पृथ्वीनारायणलाई भर्खरभर्खर जोडजाड गरेको मुलुक फेरि कसैले गोलमाल गरेर टुक्र्याउँछ कि भन्ने पिर थियो भने महेन्द्रमा त्यो पिरको अतिरिक्त मुलुकलाई आधुनिक ढङ्गले भौतिक विकासको मार्गमा अघि बढाउनु थियो । देश जोगाउने पिर त राजाहरूलाई सधैँ हुन्थ्यो, त्यसको अतिरिक्त जनतालाई सुविधा दिने, न्याय दिने, घुस–भ्रष्टाचार नियन्त्रण गर्ने, आधुनिक शिक्षा, आधुनिक कृषि प्रणाली लागू गर्ने, शान्तिसुरक्षा कायम गर्न नयाँ फर्मुला विकास गर्ने, सीमारक्षाका लागि बस्ती विस्तार गर्नेजस्ता समस्यासँग राजा महेन्द्र जुधिरहन्थे । कुल मिलाएर राजा र नेताको दुवै भूमिका निर्वाह गर्ने महेन्द्रको दिमाग सधैँभरि देशहितमा केन्द्रित हुन्थ्यो ।
राजाको जेठा छोरा राजा हुने, देशको प्रमुख नेता पनि हुने पञ्चायती राजनीतिक व्यवस्थामा महेन्द्रको इच्छामरणपछि राष्ट्रनायक हुन पुगेका राजा वीरेन्द्रमा आधा राजा आधा नेताको भूमिका मात्रै पाइयो । त्यसकारण उनी राजाको भूमिकामा सफल हुन सकेनन् भने नेताको भूमिकामा पनि सफल हुन सकेनन् । आधाआधा मात्रै सफल हुँदा उनी यताको न उताको भए । उनलाई आधा राजा भन्नुपर्ने कारणचाहिँ के हो भने उनी श्रीपेच टाउकोलाई बोकाएर राजगद्दीमा बस्थे । शासनचाहिँ उनकी रानी ऐश्वर्यले गर्थिन् । अर्थात् बाहिरबाट हेर्दा वीरेन्द्र राजा थिए भित्री राजाको भूमिका श्रीमतीले गर्थिन् । ऐश्वर्यको कडा राजकाज दरबारभित्र ज्यादा चल्थ्यो । दरबारका सदस्यहरू राजा र रानीका पक्षमा बाँडिएका थिए । राजाका पक्षमा भएकाहरू कमजोर थिए किनकि रानीको अगाडि पर्नेबित्तिकै राजा साग गलेझैँ गल्थे । गल्ने राजाका पछि उभिनेहरू स्वतः कमजोर हुने नै भए । आफ्नो पुर्खाले जोगाएर ल्याएको देश, आफ्नो पुर्खाको सदस्य नै राजा भएको हुँदा भाइहरू ज्ञानेन्द्र र धीरेन्द्रहरू वीरेन्द्रकै पक्षमा उभिन्थे । तर, राजा कमजोर भएको कारण उनीहरू पनि त्यतिबेला कमजोरै मानिन्थे र भित्रभित्रै मुर्मुरिन्थे ।
दरबारमा धेरै विषयमा किचलो थियो । त्योमध्ये लामो समयको किचलोचाहिँ हुर्किएको छोरो युवराज दीपेन्द्रको बिहेसम्बन्धी थियो । जैविक आवश्यकता वा प्राकृतिक नियम जे भने पनि स्वस्थ शरीरवाला लक्का जवान युवराज दीपेन्द्रलाई ठीक समयमा एउटी बन्दोबस्त गरिदिनुपर्छ भन्ने कुरा न नाम मात्रको राजा वीरेन्द्रले बुझे न मुख्य राजाको भूमिका निर्वाह गरिरहेकी ऐश्वर्यले बुझिन् । दीपेन्द्र बैंसले छटपटाएर उत्पात मच्चाउन लागे । जुन र जता मन लाग्यो उतैका तरुनी भोग गर्न लागे । दीपेन्द्र सम्भोगको मामलामा यतिसम्म पागल भइसकेका थिए कि विदेशमा गएका बखत माथिबाट तल ओर्लिंदा लिफ्टमा नै उनी तरुनी भोग गर्न भ्याउँथे ।
यता दीपेन्द्रको त्यो हालत थियो । उनी पशुपतिशमशेर जबरा नामका नेपालका एकजना धनी राजनीतिज्ञकी छोरी देवयानी राणासँग प्रेममा फसेका थिए । दीपेन्द्रले आफ्ना आमाबाबुले देवयानीसँग बिहे गरिदेलान् भन्ने आशा गरेका थिए । उता वास्तविक राजा ऐश्वर्य देवयानीसँग छोरो दीपेन्द्रको बिहे गराउन कुनै पनि हालतमा राजी भइनन् । दीपेन्द्र देवयानीसँग बिहे नगरी नछाड्ने आमाचाहिँ कुनै पनि हालतमा नमान्ने । आफूले रोजेको बुहारी नै उपयुक्त हुने । ऐश्वर्य घमण्डले पागल, दीपेन्द्र प्रेममा पागल । दुई पागलको टकरावको परिणाम जे हुन्छ त्यही भयो । २०५८ साल जेठ १९ गते राति दीपेन्द्रले जो–जोसँग रिस उठेको थियो ती सबैलाई गोलीले भुटे । रिसले दीपेन्द्रलाई पनि खायो । वीरेन्द्रको वंशै नाश भयो । ज्ञानेन्द्र राजा भए । यिनले पनि राजा र नेता दुवै भूमिका निर्वाह गरे । दुवै भूमिकामा असफल भए । मावली राणाहरूको चेपुवामा परेर तीनै वर्षको कलिलो उमेरमा सानो टाउकोवाला ज्ञानेन्द्रले गहु्रङ्गो श्रीपेच भिरेका थिए । सानो उमेरमा राजा भएको उनलाई पत्तो हुने कुरा भएन । पछिल्लोपटक चौका परेर राजा भएको महसुसचाहिँ उनले गर्न पाए । ज्ञानेन्द्रलाई राजदरबारले राजा हुने ट्रनिङ दिएको थिएन । त्यसकारण उनी सफल राजा हुन सकेनन् । नेता बन्ने प्रयास गरे । नेता बन्न गाउँगाउँ डुल्नुपर्छ, सबै तहका जनतासँग घुलमिल गर्नुपर्छ । सक्कली–नक्कली दुवै कुरा बोल्न सिक्नुपर्छ । लोकतन्त्र भन्नुपर्छ वा माक्र्स, लेनिनका जीवनी घोक्नुपर्छ, रातागातावाला किताब पढ्नुपर्छ । तर, ज्ञानेन्द्रमा यस्ता योग्यता थिएनन् । त्यसकारण यिनले राजा र नेता बन्ने प्रयास गर्दागर्दै राजसंस्था नै मिल्काउन पुगे । चाहेर यिनले फालेका होइनन् नजानेरै फालेका हुन् । पुरानो राजसंस्था ढल्दाको आवाजले एकपटक मुलुक नराम्रोसँग हल्लियो ।
ज्ञानेन्द्रलाई राजदरबारले राजा हुने ट्रनिङ दिएको थिएन । त्यसकारण उनी सफल राजा हुन सकेनन् । नेता बन्ने प्रयास गरे । नेता बन्न गाउँगाउँ डुल्नुपर्छ, सबै तहका जनतासँग घुलमिल गर्नुपर्छ । सक्कली–नक्कली दुवै कुरा बोल्न सिक्नुपर्छ । लोकतन्त्र भन्नुपर्छ वा माक्र्स, लेनिनका जीवनी घोक्नुपर्छ, रातागातावाला किताब पढ्नुपर्छ । तर, ज्ञानेन्द्रमा यस्ता योग्यता थिएनन् । त्यसकारण यिनले राजा र नेता बन्ने प्रयास गर्दागर्दै राजसंस्था नै मिल्काउन पुगे । चाहेर यिनले फालेका होइनन् नजानेरै फालेका हुन् । पुरानो राजसंस्था ढल्दाको आवाजले एकपटक मुलुक नराम्रोसँग हल्लियो ।
राजसंस्थाको अन्त्य भएपछि देशमा शासन व्यवस्था परिवर्तन गर्ने प्रक्रिया अघि बढ्यो । नेताहरूले जानी–नजानी शासन गर्न थाले । मन अमिलो पारेर ज्ञानेन्द्र महाराजले राजदरबार छाडेपछि नेपालमा गिरिजाप्रसाद कोइराला नामका नेता शासनमा आए । जे जानेका थिए त्यही गरे, जे शब्द थियो त्यही बोले । राष्ट्रपति बन्ने चाहना पूरा गर्न नपाउँदै बिते । पछिल्ला दिनहरूमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, केपी ओलीहरू पनि प्रधानमन्त्रीको कुर्सीमा उक्लिए । जे क्षमता थियो जस्तो थियो त्यही देखाए । यतिबेला पनि त्यही प्रधानमन्त्रीको कुर्सीमा बेलाबेलामा हेर्दै ¥याल चुहाउँदै घुमघाम गर्दै छन् । इतिहासले ठट्टा गर्दै यसपटक तीनपटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवालाई चौथोपटक सिंहदरबार पठाएको छ । यिनी तीनपटक प्रधानमन्त्री हुँदासम्म देश र जनताका लागि माखो मारेनन् । उल्टै सांसद खरिद–बिक्री काण्ड मच्चाए । पजेरो संस्कृति यिनैले भित्र्याए । नेपालको इतिहासमा सबैभन्दा ठूलो ४८ जनाको मन्त्रिमण्डल यिनैले बनाएर देशलाई ताछ्ने काम गरे । नेपाली जनताको भाग्य फुटेकैले होला यिनै शेरबहादुर देउवालाई इतिहास घुमाउने देउताले प्रधानमन्त्रीको कुर्सीमा बसाले ।
अहिले यिनको अगाडि समस्याहरूको पहाड खडा छ । २० वर्ष अघिदेखि स्थानीय निर्वाचन नहुनुमा धेरथोर जिम्मेवार यिनी पनि छन् । अहिले एकचरणमा बल्लबल्ल चतुरे राजनीतिज्ञ प्रचण्डले स्थानीय निर्वाचन गरे । दोस्रो चरणका लागि शेरबहादुर आएका छन् । मधेसतिर एकथरी राजनीतिक दलहरू मरिकाटे चुनाव हुन दिन्नौँ भन्दै आन्दोलनमा उत्रिएका छन् । शेरबहादुर जसरी पनि चुनाव गराउँछु भन्दै छन् । हेर्दा यस्तो लाग्छ फेरि पनि मधेसतिर मान्छे मर्नेवाला छन् । अलिअघिको द्वन्द्वको घाउ बिसेक होला भन्दा अनगिन्ती घाउहरू थपिनेछन् । थाँती रहेका अरू समस्या त छँदै छन् नयाँ समस्याको रूपमा अघि आएको यो द्वन्द्वले कतै मुलुकलाई ठूलै भड्खालोमा त जाक्ने होइन ?
हिजोको राजनीतिक गतिविधि र वर्तमान प्रधानमन्त्रीको कार्यशैलीलाई हेर्दा जिब्रो काढ्नुपर्ने अवस्था सिर्जना भएको छ । देउवा कुल मिलाएर सफल नेता होइनन् । यिनले वर्तमान समस्याको पहाड पन्छाउन सक्नेछैनन् । सके राम्रै हो, तर यिनी यतिबेलै मन्त्रिमण्डल विस्तारमा अल्झिएका छन् । थुप्रै राजनीतिक दलका ‘मन्त्रीपदप्रेमी’ वरिष्ठ राजनीतिज्ञहरूलाई चित्त बुझाउन सक्ने अवस्था छैन । अहिले पनि देउवाको अगाडि उस्तै परे ६० सदस्यीय मन्त्रिमण्डल बनाउनुपर्ने अवस्था आउन सक्छ । एकातिर यिनी मन्त्रिमण्डल बनाउँदै गर्छन् उता मधेसतिर मान्छे लड्दै गर्छन्, मर्दै गर्छन् । आखिर मुलुक यही तरिकाले चल्ने न हो । नयाँ तरिकाले चल्न र चलाउन त नयाँ विचारका प्रधानमन्त्री पो चाहिन्छ । सधैँभरि उही असफल देउवा खालका नेताहरू आएर यो मुलुक कसरी अघि बढ्छ ? हे भगवान् ¤ पुराना असफल नेता हटाइदेऊ । राजनीतिक दल धेरै भो– घटाइदेऊ ।
प्रतिक्रिया