लण्डन । एकजना हेरोइन (लागूपदार्थ) का अवैध व्यापारीले उनले आफ्नो बिजनेस डिग्रीकालागि आफूले कारोबार गरेको सात मिलियन पाउण्ड रकम बराबरको हेरोइन तश्करी गरिएका एकाउण्ट विवरणको बहिखाता प्रस्तुस्त गर्दा त्यसैको आधारमा गुप्तचरहरुले उनको यो वृहत अवैध कारोबार पत्ता लगाउन सफल भएको थियो ।
अकबर बुखारीले आफ्नो बहिखातामा अत्यन्त प्रष्ट पारेर धेरै परिमाणमा लागूपदार्थ ओसारपसार गरेर बिक्रि वितरण गरेका विवरण विशेष प्रहरीलाई प्राप्त भएपछि २८ वर्षीय तश्कर तथा लागूपदार्थका डिलरको क्रियाकलापबारे पर्दाफाश भएको छ । यस सिन्डिकेट भित्रका ६ जनालाई पक्राउ गरेर ५ देखि १५ वर्षसम्मको जेल सजाए बर्मिङ्हाम क्राउन कोर्टले दिइसकेको छ । अकबर बुखारीलाई अर्को महिनामा यस अपराधको लागि जेल सजाय दिने कुरा प्रकाशमा आएको छ । लिभरपुल युनिभर्सिटीका पूर्व विद्यार्थीले सन् २००७ देखि सन् २००९ सालसम्म कम्तीमा ४२० केजी लागूपदार्थको कारोबार गरेको गुरुयोजना उनका बहिखातामा उल्लेख गरेका थिए । बहिखातामा कति माल स्टकमा तथा कति ग्राहकलाई सप्लाइ गरेका सबै विवरण राखिएका थिए । बिक्रि बितरणको हिसाबमा सेल तथा रिटर्नका सबै विवरण कोड सिस्टममा राखेका थिए । यी कोड सिस्टमहरु ग्याङस्टरहरुको सम्पर्क नम्बरहरु गोप्य राख्नकालागि प्रयोग गरेका थिए । अन्तमा ती विवरणहरुका आधारमा उनलाई गत साल मे महिनामा उनका एकजना सहयोगीका साथ सर्भिलेन्स समूहका एउटा टोलीले गिरफ्तार गरेको थियो । त्यतिबेला अधिकृतहरुले उनक घरबाट एउटा पिस्तोल, गोली, नक्कली पैसा र लागूपदार्थको विवरण भएको नोट बरामद गरेका थिए । बर्मिङ्हामस्थित उनका घरको तलाशी गर्दा नै लागूपदार्थको विवरण भएको बहिखाता प्रहरीले भेट्टाएको थियो । बुखारीले हेरोइन सप्लाइ र अवैध पैसाको धन्दा गरेको आरोप अदालतसामु स्वीकार गरेका छन् । उनी अहिले अवैध हाथियार राखेको अभियोगमा साढे ६ वर्षको जेल सजाय काटिरहेका छन् । सिरियस अर्गनाइज्ड क्राइम एजेन्सीका रिचर्ड वाटसन्ले यसले एउटा अवैध ग्याङको बाटो समाप्त भएको छ भनेका छन् । श्रोत -मेट्रो, सुमल, मेस ।
प्रतिक्रिया