मेरो स्मृतिमा गठेमङ्गल अर्थात् लाखे -शिवजी श्रेष्ठ

मेरो स्मृतिमा गठेमङ्गल अर्थात् लाखे -शिवजी श्रेष्ठ


जबजब मलाई मेरो जन्मभूमि ओखलढुङ्गाको यादले सताउँछ, तब सीडी र्‍याकबाट पुरानो सीडी निकालेर ओखलढुङ्गाको सम्झनालाई जीवन्त बनाउन खोज्छु । पुराना फोटो हेर्छु, अनि देख्छु उही हौसलडाँडा, हामीले सबैभन्दा बढी बाल्यकालमा खेलेको झयालखानडाँडा -जहाँ अहिले अदालत उभिएको छ), पारि रानीवन, घरअगाडिको भीमसेनस्थान, ओखलडुङ्गा नाम राखे ऐतिहासिक ढुङ्गा, पल्लो-वल्लो बजारका लहरै घरहरू ।
अब त यस्तो भइसकेको छ कि मेरो सानो छोरोसमेत भन्न थालिसकेको छ तोते बोलीमा ‘पापा, ओखलडुङ्गा -बच्चाको उच्चारण) हेर्ने नि ।’ सुरुसुरुमा ऊ भन्थ्यो ‘अजा-अजी’ हेर्ने नि भनेर पहिलेपहिले उसले कसैको पनि सोधाइमा जवाफ दिन्थ्यो, ‘हाम्रो ओखलढुङ्गामा मु -गाई), अजाअजी छ’ भनेर अचेल मेरो कान्छाभाइ केन्द्रले पोहोर साल पठाइदिएको सीडी हेरेपछि भन्न थालेको छ, ‘हाम्रो ओखलढुङ्गामा लाखे पनि छ, मलाई लाखेले केही पनि गर्दैन ।’ उसको माहिला दाजु जब २ वर्षको थियो, यसरी नै भन्थ्यो, ‘ओखलढुङ्गा गीत सुन्ने’ भनेर ऊ गाडीमा चढ्थ्यो, ‘मेरो प्यारो ओखलढुङ्गा’ लगाइदिनैपर्ने । भयो के भने जबजब मनले मेरो जन्मभूमि नेपाल, अझ भनौँ ओखलढुङ्गालाई असाध्यै मिस गर्छ त्यतिखेर घरमा छु भने भाइले पठाइदिएको लाखेको सीडी हेर्छु, त बुबामासँग नेपाल अनि बेलायत घुम्दाको सीडी हर्ेर्छर्ुुगाडीमा छु भने यही नारायणगोपालको ‘मेरो प्यारो ओखलढुङ्गा सुन्छु ।’ मेरा लागि त यी जीवनकै सबैभन्दा प्यारो अनि मीठो कुरा भइहाल्छ । सायद मसँगै बसेर सुनेरै होला उनीहरूले पनि मन पराइदिन्छन्, अझ कान्छो छोरोले त लाखेनाचको नक्कल मज्जाले गर्न जानिसकेको छ, त्योभन्दा आनन्द अर्को के होला र –
हिजो बिहान बुबा-मा अनि भाइसँग फोनमा कुरा हुँदै गर्दा केन्द्रले सुनाइहाल्यो, ‘दाइ, चम्मर खोजेर आएको लाखेको लागि’, तब के चाहियो – बाल्यकालका मीठो-मीठो स्मृतिहरू आँखा अगाडि नाच्न थाले । तब सोधेँ, ‘गठेमङ्गल कहिले हो -‘ उसले भन्यो ‘आइतबार’ । वर्ष गनँे ठ्याक्कै २५ वर्ष भएछ ओखलढुङ्गाको गठेमङ्गल हेर्न नपाएको पनि । जब एसएलसी पास गरेँ वि.सं. २०४२ सालमा त्यसपछाडि ‘ओखलढुङ्गा’ रहर हुन गयो । जिन्दगीका सपनाहरू पछ्याउने क्रममा धेरै-धेरै ठाउँ पुगियो, अनि धेरै-धेरै विकासका कुराहरू देखियो, भोगियो । धेरै ठाउँका नाच देखियो, चाहे त्यो अस्ट्रेलियाको र्डर्बिन होस् वा थाइल्यान्डको बैंकक, पर्ूर्वीटिमोरको डिली होस् वा बेलायतको कार्डिफ । धेरैधेरै राम्रो ठाउँ र नाच हेर्न पाइयो, तर मेरो ओखलढुङ्गाको लाखेनाचलाई कसैले भेट्न सकेन । पेट्रोम्याक्स काँधमा बोकेर ‘क्याबात… क्याबात…’ भनेको दृश्य कहीँ मेटिन सकेन अनि ‘आसामको तोरी, पाल्पाको रायो… लहैलहै कान्छी…’ त अहिले पनि ज्रि्रोमै छ । हुँदाहुँदा सात वर्षअगाडि नेपालमा विनय भाइको बिहेभोज महेन्द्र पुलिस क्लबमा हुँदा रमाइलो गर्दागर्दै मैले त ‘हो हो रे हो हो…’ भनेछु, अनि त के चाहियो मेरो बुबा, पृथ्वीनारायण धम्बा र नारायणदास धम्बा बेहुला-बेहुलीसँगै बसिरहनुथियो, तीनैजना जुरुक्क उठेर ‘होइन भन्ने को -….’ भनेर हातमाथि खडा गर्दै जोसिनु भो । हामी ओखलढुङ्गेले त बुझयौँ, त मेरा प्रहरी अधिकृत मित्रहरू ट्वाँ परेको अझै पनि सम्झन्छु ।
अब परि्स ‘गठेमङ्गल †’ स्मृतिका पानाहरू पल्टिँदै गए, सायद अब देवीथानको पाखामा गुराँसको सानोसानो रूख काटिनेछन्, दोर्पुले माइला अजाको घरअगाडि डोरी टाँगिनेछन् अनि त रुम्जाटार तलतिरबाट आउनेहरूसँग परम्परागत रूपमा पैसा मागिनेछन् । पहिले हाम्रो पालामा हाम्रो घरछेउ धीरेन्द्र पाजुको घरअगाडि गठेमङ्गल ठड्याइन्थ्यो । हाम्रो घरको पेटी हिलोले हेरिनसक्नु हुन्थ्यो । हामी गठेमङ्गल आउनु महिना दिन अगाडि देखि नै दिनगन्ती सुरु गथ्यौर्ं, पारि खोदम्पामा सार्कीले ढोलक बनाइदिइसकेपछि लिनलाई एउटा हुल नै जान्थ्यौं । तल बारुदखानाको बाटो ढोलक लिएर आउँदा उतैदेखि बजाउँदै आउथ्यौं । झन् माथ्लो धारामा आइपुगिसकेपछि त फूर्ति नै अर्कै हुन्थ्यो, किनकि त्यहाँ बजाएको बजारमा सबैतिर सुनिन्थ्यो । महिनादिनअघिबाटै दिनगन्ती गर्दै अब १५ दिन, ९ दिन, ३ दिन, २ दिन बाँकी । जब भोलि गठेमङ्गल भनिसकेपछि त हाम्रो छटपटी यति बढ्थ्यो कि त्यो रात यति लामो हुन्थ्यो कि कहिल्यै बिहान नहुने । झन् बाङ्गेदाइले बिहानै ३-४ बजेतिर मुखले ‘दाराकुटी नाकाटुरी चिमचिम’ भनेर बाहिर कराउन थालिसकेपछि त हामीलाई कम्ती गाह्रो हुन्थेन, कतिखेर बाहिर निस्किउँ हुने † तर बुबा-माले ‘अझै राति नै छ’ भनेर रोक्नुहुन्थ्यो, तब त मिनेट-मिनेट पनि वर्षझैं लाग्थ्यो । अनि बिहानै आँगन खनेर तिनकुने रूख गाडेर, बीचमा नाङ्लोमा पुतली -खेलौना) राखेर अनि वारपार डोरी टाँगेपछि जब ढोल बज्थ्यो, पहिलो ‘फुर्सुङ्गे’ भएर फुर्तिसाथ दौडिँदै आएर हाम्रो घरअगाडिको भीमसेनस्थानमा धुप चढाउँदै उफि्रनुको मज्जा नै अर्कै ‘आहा…।’ तर आफू त केटाकेटी नै, पहिलो फर्ुर्सर्ुुगे हुने मौका कहिल्यै पाइएन, अझै पनि त्यो रहर मनमै छ । हे भगवान्, आज पानी नपरोस् है भनेर धुप बालिसकेपछि दिनभर बाटो हिँड्नेहरूलाई रोकेर पैसा जम्मा गर्नु, कोही जबर्जस्ती डोरीमुनिबाट पैसा, फलफूल नदिई हिँड्न खोज्नेलाई रोक्नुको मज्जा नै अर्कै । दिनभर सबै कुरा बिर्सर्ेेगठेमङ्गलमै रमायो, घरबाट खाना खान बोलाउँदा पनि के जान मन लाग्थ्यो र – घरमा बुबा-माको गाली खाएपछि घर खाना खान त गयो, तर ढोलकको ‘डाङडाङ कुटी दाराकुटी नाकाटुरी चिमचिम’ सुनेपछि मन त के थामिन्थ्यो र –
यसरी दिनभर ढोलक बजाएर गठेमङ्गल मनाइसकेपछि दिउँसो तीन बजेतिर गठेमङ्गल सेलाउनलाई ढालिन्थ्यो अनि ढोलकको ताल पनि परिवर्तन हुन्थ्यो ‘डाङडाङ्की-डाङडाङ्की’ गर्दै बजाउँदै ढेवाली निनीको घरमुनिको बाँसझयाङको बाटो त्यो गुराँसको रूखलाई घिसार्दै सेलाउन लगिन्थ्यो । यसरी लैजाँदा दिनभरि जम्मा भएको पैसा गुठीमा राखिन्थ्यो र फलफूल भने सबैले बाँडेर खाइन्थ्यो, त्यतिखेर चुस्दै कुदेको आँपको स्वाद अहिले पनि हरहर आइरहन्छ ।
लाखेजात्रा यति महत्त्वपूर्ण थियो कि गाउँघरमा समेत यसको चर्चा हुन्थ्यो र जात्राको नाम नै ‘नेवार बहुलाउने’ भनेर भन्थे । गाउँबाट धेरै गाउँले लाखे हेर्न नयाँ लुगा लगाएर आउँथे, अनि लाखेको भीडभाडमा बिचराहरूको लुगा हिलै हुन्थ्यो । बजारमा कहिलेकाहीँ के-के गडबडी हुन्थ्यो र गुठीले लाखे निकाल्दैनथ्यो । त्यस्तै भएको थियो ०३६ सालतिर । गुठीले ननिकाल्ने भएपछि हामी बजारका फुच्छेहरू लाग्यौं, लाखेको तयारीमा । हाम्रो सीताराम दाइ, रामजी दाइ, पेस्तवाल -पवन), गेहेन्द्र -प्रशान्त), सानबाबु -राजेन्द्र), कान्छाबाबु -बाबुकाजी), विश्वअन्जान अनि म । तल बूढा विचारी -गेहेन्द्रको मूलघर) बाट टिनको ड्रम बीस रुपैयाँमा किनेर ढोलक बनाउन दियौँ, हाम्रो बुबाले दर्ुइ सय दसमा झयाम्टा किनिदिनुभयो -त्यतिखेर त्यो ठूलो रकम हो) । दोरम्बाबाट ढोलक बनाएर ल्याइसकेपछि बाबुकाजीको घरपछाडि झुड्याएर सुकायौँ । भोलिपल्ट गठेमङ्गलमा माइला बाबु -ज्ञानेन्द्र) ले झिकेर ढोलक बजाउन थालेछ तर ढोलकको आवाज ‘डाङढाङकुटी’ को ठाउँमा ‘ठाकठाकठुकी’ पो सुनिन थाल्यो । एक त टिनको ड्रम त्यसमाथि घाममा सुकाएको । यस्तो तीता-मीठा पलहरू सायद जीवनका अन्तसम्म स्मृतिमा रहिरिहने छन्, अनि ती साथीहरू जोसँग जीवनका यस्ता महत्त्वपूर्ण अनि मीठा क्षणहरू बिते, सधैंसधैं सम्झना आइरहन्छन् । ती साथीहरूमध्ये राजेन्द्रबाहेक अरूले त मैलेजस्तै लाखे जात्रा, अझ भनौँ गठेमङ्गल सम्झन मात्रै पाउने होला । राजेन्द्रले त अझै त्यसको मजा लिइरहेे, घरिघरि भिडियोमा देख्छु । जहाँ गए पनि, जसरी रहे पनि आफ्नै गाउँ प्यारो, आफ्नै संस्कृति राम्रो । त्यसैले ‘कहिलेकाहीँ विदेश जानु ठीक’ हो कि भनेर मसँग कुरा गर्ने मेरो कान्छाभाइलाई मैले हिजो फोनमा अनायासै भनेछु ‘केन्द्र, तँ कति भाग्यमानी होस्, कमसेकम तैंले वर्षैपिच्छे लाखे हेर्न पाएको छस् ।’
अहिले त भिडियो, फिल्म, इन्टरनेटको जमानामा ‘लाखे’ त्यति वास्ता नहुन सक्छ तर मेरो बाल्यकालको ओखलढुङ्गामा भिडियो, फिल्म, इन्टरनेट नहुँदाको लाखेको महत्त्व अर्कै थियो, जुन अहिले एउटा विकसित देशमा, आधुनिक प्रविधि अनि इन्टरनेटको सञ्जालमा पनि म मेरै ‘गठेमङ्गल’ अर्थात् ‘लाखे खोजिरहेछु, अर्थात् ‘दाराकुटी नाराकुटी चिमचिम…।’