दलीय दुष्कर्म र सम्भावित परिणति -शोभा त्रिपाठी

दलीय दुष्कर्म र सम्भावित परिणति -शोभा त्रिपाठी


पाँचपटकको घनघोर प्रयत्नपछि पनि प्रधानमन्त्री छान्न नसक्ने तीन राजनीतिक दललाई यो ऐतिहासिक लज्जास्पद राजनीतिक दुर्घटनाले रत्तिभर सरमबोध गराएन । मुलुकमा हालीमुहाली गर्ने ठेक्का आफैंले पाएको दाबी गर्ने यी तीन दलको कुकुर-झगडाका कारण देश यसै पनि तहसनहसको स्थितिमा त पुगिसकेकै छ, महिनौँसम्म एउटा प्रधानमन्त्रीसमेत छान्न नसकेर यिनले आफ्नो नालायकीपन ढाक्ने अन्तिम धरो पनि खुस्काएर र्सवाङ्ग बन्न पुगेका छन् ।
यसरी निकम्मा सावित हुनुअघि नै अन्य साना भनिएका दलहरूको समूह या चौथो शक्तिको नेतृत्वमा सरकार बनाएर संविधान निर्माणकार्यलाई तीव्रता दिई लाज बचाउन तीन दललाई अनेक कोणबाट सुझाव-सल्लाह प्राप्त भएकै हो । दलहरूबाट नभए नागरिक समाजबाट प्रधानमन्त्री छनोट गरेर अघि बढ्नुपर्ने अवधारणासमेत सार्वजनिक भएको हो । तर, जसरी पनि सत्ता र शक्ति हत्याउने र गणतन्त्रको आवरणमा पुरानै निरङ्कुश सामन्ती शासनको निरन्तरता चाहने नवसामन्ती तीन दलको कानमा बतास लागेन । एक पाइलो अघि बढ्दा तीन पाइला पछि पर्नुपर्ने विडम्बनाले घेरिसक्दा पनि यिनका घैंटोमा घाम लागेन । यिनीहरूले आफ्नो विकल्प देख्नै सकेनन् । यसरी तीन दलले आफूलाई निरि्वकल्प ठान्दै अन्य विचार, सिद्धान्त तथा राजनीतिक शक्तिको अस्तित्व र आवश्यकता रत्तिभर नदेख्नु भनेको मुलुक र जनता फेरि पनि थप सङ्कटको भासतर्फ उन्मुख हुन विवश बन्नुपर्ने परिस्थितिको पर्ूवाभास नै हो ।
देश रहे मात्र सत्ता, शक्ति र शासन गर्ने अधिकार कायम रहन्छ भन्ने शाश्वत सत्यलाई बिरि्सएर तीन राजनीतिक दल मुलुकलाई रणभूमिमा परिणत गर्न उद्यत् रहनु घोर विस्मात र विडम्बनाको विषय हो । गणतन्त्र भन्ने तर ‘गण’माथि ‘गन’ तेर्स्याएर राज गर्न खोज्ने, सङ्घीयताको कुरा गर्ने तर जातिवादलाई प्रश्रय दिँदै आपसी वैमनश्य हर्ुकाएर रगतको खोलो बगाउन खोज्ने, अन्धराष्ट्रवादको दलदलमा फस्दै पुरातन सामन्ती शक्तिको चाकडी गरेर शासनमा पहुँच पुर्‍याउन खोज्ने उल्टा-अनौठा प्रवृत्ति आज आफूलाई देशको प्रमुख शक्ति ठान्ने राजनीतिक दलमा हाबी भएको पाइन्छ । लोकतन्त्रलाई संस्थागत तुल्याउने भन्दै अग्रगमनको डिङ हाँक्ने यी दलहरूको उल्टो गति र मतिकै कारण साठी वर्षको सङ्घर्षपछि प्राप्त उपलब्धि खेलाँचीमै गुम्ने सम्भावना प्रचुर मात्रामा बढेर गएको छ । प्रान्तीय विभक्तिको राग एकातिर अलाप्ने अनि सँगसँगै ‘मुलुक सङ्घीयतामा जानु या प्रान्तीय विभाजन हुनु भनेको देश टुक्र्याउने काममा सरिक हुनु हो’ अनि छद्म रूपमा बहसमा ओह्राल्दै जाने बेसारे प्रवृत्ति आज तीनै दलभित्र अलग्गै हर्ुर्किरहेको देखिन्छ । जातिवादलाई प्रश्रय दिएर नेपाली-नेपालीमै रक्तपात निम्त्याउने अभीष्ट पाल्ने रहश्यमयी राजनीतिक नेतृत्वले राम्ररी बुझेको छ कि राष्ट्रको विकास प्रक्रिया र समयानुकूल अघि बढ्नका लागि राज्यको प्रान्तीय स्वरूप यतिबेलाको र्सवाधिक उत्तम विकल्प हो । यसको उदाहरण खोज्न टाढा गइराख्नु पनि पर्दैन, छिमेकी भारतलाई चिहाउँदा हुन्छ । तर, यसरी जनतालाई भ्रमित तुल्याएर आफूहरू कहाँ पुग्न खोजेको र मुलुक तथा मुलुकवासीलाई कुन खाल्डोमा जाक्न लागेको हो – जनतालाई यसको स्पष्ट जवाफ तीन दलको नेतृत्वले तत्काल दिनुपर्छ । केन्द्रीकृत शासनको पक्षधर भ्रष्ट नेतृत्व अझै यहाँ जरो गाड्दै दाह्रा-नङ्ग्रा फैलाउन चाहन्छ भन्ने कुराको यो ज्वलन्त उदाहरण पनि हो कि खाल्टो खनेर पैसा राख्ने, बैंकको लकरमा थन्क्याउने, स्कुल, अस्पताल, ट्रान्सपोर्ट वा बसमा सेयर लगाएर नवधनाड्यका रूपमा आफूलाई स्थापित गर्न खोज्नेहरू नै आज जनचाहनाविपरीतका कुरा गर्दै छन् । यस्ताहरूलाई कुनबेला जनताले घिसार्दै टुँडिखेलमा उभ्याएर यथोचित कारबाही गर्ने हुन्, किटान गरिहाल्न सकिन्न । राजनीतिलाई बिनालगानीको व्यापार तुल्याएर कुम्ल्याउनेहरूको नियति के हुन्छ, बुझ्नेहरूले बुझेकै छन् ।
राजनीतिमा त्याग एवम् सेवाभाव आवश्यक पर्छ र सही राजनीति गर्नेले यथार्थमा पुण्यकर्म नै गरिरहेको हुन्छ । बुद्धले अर्ढाई हजार वर्षअघि नै त्याग देखाएर राजकाज छोडी गणराज्यको आधार खडा गरिदिएका थिए, तर आज यही बुद्धभूमिमा लोभीपापी र लुटाहा-फटाहाहरूको जगजगी चलेको छ । जनताले लडेर ल्याएका उपलब्धि खोस्ने र खोसाउने निर्लज्ज प्रतिस्पर्धा चलेको छ । तीन राजनीतिक दल तथा यिनका नेताहरू नै मुख्य रूपमा यसमा होमिएका छन् । यस दुष्कर्मको परिणाम भोग्न उनीहरूले सायद अब धेरै समय कर्ुर्नु पनि नपर्ला ।