जर्मनीमा आगामी सेक्टेम्बरमा हुने केन्द्रीय संसदीय निर्वाचन आउन झण्डै दुई महिना बाँकी छ । यस क्रममा गरिएको एक सर्वेक्षणले पुनः वर्तमान जर्मन चान्सलर एन्जेला मार्केललाई नै सबैभन्दा लोकप्रिय देखाइदिएको छ ।
निर्वाचनको करिब दुई महिनाअघि गरिएको एक सर्वेक्षणअनुसार चौथो कार्यकालका लागि पनि एन्जेला मार्केल नै चान्सलर हुनसक्ने देखिएको छ । आज सार्वजनिक प्रतिवेदन सार्वजनिक भएको छ ।
अनुदारवादी भगिनी पार्टीहरु क्रिश्चियन डेमोक्रेटिक युनियन र क्रिश्चियन सोसियल युनियनले ४० प्रतिशत इलेक्ट्रोरल मत पाउने सर्वेक्षणले देखाएको छ । त्यसैगरी पूर्वराष्ट्रपति मार्टिन स्चुल्जको नेतृत्वको सोसियल डेमोक्रेटिक पार्टीले २२ प्रतिशत ल्याउने अनुमान गरिएको छ ।
अन्य उम्मेदवारको तुलनामा मार्केलबाट नै मतदाता सन्तुष्ट भएको पाइएको छ । १२ वर्षदेखि जर्मन चान्सलर रहनुभएकी मार्केललाई अहिले पनि ५२ प्रतिशत मतदाताको समर्थन रहेको छ ।
बामपन्थी पार्टी लिङ्कले ९ प्रतिशत, फ्रि डेमोक्रेटिक पार्टी र ग्रिन पार्टीले आठ प्रतिशत समर्थन पाएका छन् । त्यसैगरी दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनीले सात प्रतिशत मत पाउने सर्वेक्षणले देखाएको सिन्ह्लाई उद्धृत गर्दै राससले जनाएको छ ।
प्रतिक्रिया