भारत बिहारका मुख्यमन्त्री नितिशकुमारले राजिनमा दिएका छन् । यो राजिनमासंगै जनता दल युलाइटेडका प्रमुख एवं मुख्यमन्त्री नितिशकुमार र राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादववीच सम्बन्ध बिच्छेद भएको छ ।
यता ४ वर्षपछि भारतिय जनता पार्टी र नितिशकुमारवीच फेरि गठबन्धन हुने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नितिशलाई बधाई दिदै आफनो पार्टीको सर्मथनमा फेरी मुख्यमन्त्री बन्न प्रस्ताव गरेका छन् ।
भारतिय मिडियाहरुका अनुसार नितिशले बुधवार साँझ साढे सात बजे राजिनमा दिएका हुन भने उनी बिजेपीको प्रस्ताव स्वीकार गर्दे बुधवारै राज्यपाल सपक्ष अर्को सरकार बनाउने दावी पेस गर्ने छन् ।
यसअघि नरेन्द्रमोदीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिदा नितिशले लामो समयको बिजेपी गठबन्धन तोडदै लालुसंग गठबन्धन गरेका थिए । एजेन्सी ।
तस्विर सौजन्य : एबिपि न्यूज
प्रतिक्रिया