कावासोतीमा भेटियो मृत गैंडा, खाग र खुर सलामत

कावासोतीमा भेटियो मृत गैंडा, खाग र खुर सलामत


नवलपरासीको कावासोतीमा आज बिहान एक पोथी गैंडा मृत अवस्थामा भेटिएको छ । कावासोती नगरपालिका १५ स्थित अमलटारी पिकनिक स्पटनजिकै गैंडा मृत अवस्थामा भेटिएको ईलाका वन कार्यालय कावासोतीका प्रमुख कृष्ण देवकोटाले जानकारी दिनुभयो ।

आज बिहान ६ बजे घाँस काट्न गएका स्थानीयले मृत गैंडा देखेपछि निकुन्ज र बन कार्यालयलाई खबर गरेका थिए । गैंडा कालगतिले मरेको हो या अन्य कुनै कारणले भन्ने विषयमा अनुसन्धान भइरहेको देवकोटाले बताउनुभयो । चितवन राष्ट्रिय निकुन्जको मुख्यालय कसराबाट चिकित्सक सहितको टोली आज दिउँसोसम्म अमलटारी आइपुग्ने र त्यसपछि मात्र गैंडा मर्नुको कारणबारे बताउन सकिने देवकोटाको भनाई छ । मृत गैंडाको खुर र खाग भने सुरक्षित छ । गैंडा मृत भेटिएको स्थाननजिकै विद्युतीय तारबार रहेको स्थानीयले जानकारी दिएका छन् ।

– रमेश बस्ताकोटी
तस्बिर : गुगल