काङ्ग्रेसका सभापति उम्मेदवार:चरित्रको चिरफार

काङ्ग्रेसका सभापति उम्मेदवार:चरित्रको चिरफार


-बद्रीनरसिंह केसी
काङ्ग्रेसमा अहिले एउटा छटपटी देखिन्छ, पार्टीको आगामी नेतृत्व कस्तो चरित्रमा जाला भन्ने व्यग्रताबाट निर्देशित छटपटी । मुख्यतः दुइटा चरित्र सभापतिको उम्मेदवारीमा छन्- पहिलो चरित्र, पदप्राप्ति तथा त्यसको दीर्घायुका लागि जे गर्न पनि पछि नहट्ने पृष्ठभूमि र पहिचान बनाएर आएको प्रत्याशी । दोस्रो चरित्र, पद र पैसाबाट टाडै रहेर मूल्य र मान्यताको राजनीतिमा समर्पित पहिचान । तर, यी दुईका बीच अर्को चरित्र पनि देखापरेको छ, झन्डैझन्डै दोस्रो खालको चरित्रसँग मिल्दोजुल्दो, तर ती दुवैका कमजोरीबाट भाग्यमानी हुने अवसर छोप्न देखापरेको उम्मेदवारी ।
काङ्ग्रेसका अधिकांश कार्यकर्ता नीति होइन नेता खोजिरहेका छन् । समग्र पार्टी होइन, आफ्नै ‘पार्ट’ कसरी बलियो बनाउने ध्याउन्नमा छन् । पार्टीभित्रको गुटबन्दी तोड्नका लागि आफ्नो उम्मेदवारी भएको हो भन्ने भीम-नरहरि प्यानलले पनि तेस्रो गुट नै सिर्जना गरेको हो । हारियो भने सम्पूर्ण राजनीति समाप्त हुने, जित्दा केही नमिल्ने महसुस बोकेर काङ्ग्रेसका कार्यकर्ताहरू महाधिवेशनसम्म आइपुगेका छन् । पार्टी वा कार्यकर्तामा विद्यमान अन्योल हटाएर पथपर््रदर्शन गर्ने काम नेताको हो, तर त्यस पार्टीमा सबभन्दा बढी अन्योल नेताहरूमै छाएको छ । मणि हराएको र्सपजस्तो, कुहिराको कागजस्तो, नुन खाएको कुखुराजस्तो, बिरानो देशमा बाटो भुलेको यात्रीजस्तो, चल्दाचल्दा लिपी हराएको सिक्काजस्तो । हिजो सबै पार्टी काङ्ग्रेसलाई खोज्दै उसका प्राङ्गणमा पुग्ने गर्थे, आजको काङ्ग्रेस अरूलाई खोज्दै हिँडिरहेको छ । त्यस पार्टीका नेता तथा कार्यकर्ताहरूलाई कुन वस्तुस्थितिले यस्तो मनस्थितिमा पुर्‍यायो – उनीहरूलाई आत्मसमीक्षा गर्ने फुर्सद नै छैन । तै पनि महाधिवेशन त आयो ।
महाभारतमा ‘जरासन्ध’ चिरिएर दुई र्‍याक भएकै रूपमा काङ्ग्रेस फुटेको थियो, आखिर जोडियो । फुटेका बेला एकले अर्कालाई ‘पजेरो काङ्ग्रेस’ र ‘लाउडा काङ्ग्रेस’सम्म भन्न बाँकी राखेनन् । आज ‘दल’ त मिलिसक्यो, तै पनि ‘दिल’ मिलेको देखिएको छैन । दिल नमिली जोडिएको दल प्राविधिक रूपमा जोडिनु, फुटेको हाँडी जोडेजस्तो मात्र हो । यो महाधिवेशनले पार्टीको फुट र जुटलाई के अर्थ लगाउने हो वा तैँ चुप मै चुप हुने पो हो कि † फुटका कारणीले एकताको बाटो कसरी दिनसक्लान् त †
सम्पूर्ण काम लथालिङ्ग र मुलुक भताभुङ्ग अवस्थामा छोडेर गिरिजाप्रसाद कोइरालाको देहान्त भएपछि काङग्रेसको महाधिवेशन हुन गइरहेको हुनाले त्यस पार्टीका काँधमा गम्भीर जिम्मेवारी र उत्तरदायित्व रहेको छ । बीपी कोइरालाजस्ता विश्वस्तरीय राजनेताले प्रतिपादन गरेका नीति, सिद्धान्त, मूल्य-मान्यताबाट च्यूत भएर माओवादीको भरिया बन्दा आज यो स्थिति आइलागेको हो । लोकतन्त्र र गणतन्त्र पाएको यसबेला सबभन्दा उमङ्गपूर्ण विजयी मानसिकता काङ्ग्रेसमा हुनुपथ्र्यो, कम से कम पराजित मानसिकता नहुनुपर्ने हो । तर भएन । ‘लोकतान्त्रिक गणतन्त्र’ पाउँदा काङ्ग्रेस आफ्नो ऐतिहासिक मध्यमार्गबाट च्यूत भएर प्रचण्डपथमा पुगिसकेको थियो । थेग्नै नसक्ने परिवर्तन खोज्दा आज यो हविगत भएको हो । त्यस पार्टीका अब्बल दर्जाका चिन्तकहरू हिटलर जन्मिने वस्तुगत वातावरण बनिसक्यो भनी लिखितम्मै बताउँदै हिँडेका छन् ।
हिटलर हुन् वा सद्दाम हुसैन वा पोलपोट, ती सबै गणतन्त्रका धर्मपुत्र हुन् । गणतन्त्रका धर्मपुत्रको ‘गणतन्त्र नेपाल’मा पर्ुनर्जन्म भयो भने आजका दल वा नेताहरूले त्यसलाई कसरी परास्त गर्ने हुन्, उपाय कसैसँग भएजस्तो लाग्दैन । यो अवस्थाबाट काङ्ग्रेसलाई आफ्नो साबिकको मर्यादामा पुनर्स्थापित गर्नुपर्नेछ । त्यसका लागि काङ्ग्रेसका कार्यकर्ताहरूमा अभियानी तत्परता हुनुपर्छ । नेता छान्ने काममा क्षणिक लोभ र पापले छोप्यो भने कार्यकर्ताको अभियानी तत्परताको कुनै माने रहन्न, त्यो पार्टी कहिल्यै बलियो हुन सक्दैन । पार्टी स्खलित र कमजोर भयो भने त्यसका नेता र कार्यकर्ता बलियो हुने अपेक्षा गर्नै सकिन्न । हिटलरको भूतले सताउन थालेका बेला क्षणिक लोभ र पापका खेल कठोर आत्मघाती खेल हुने अवश्यम्भावी हुन्छ । त्यसकारण अनेक थरीका ‘कम्पल्सन्’ बोक्ने र कम्प्रोमाइज गर्दै हिँड्ने ‘होस्ल्याङ्गे’ सभापति होइन, पहराको सतिसालझैँ आफ्ना मूल्य, मान्यता र अठोटमा अडिने छवियुक्त नेता काङ्ग्रेसको आवश्यकता हो ।
छविका दृष्टिले भीमबहादुर तामाङ र सुशील कोइराला उस्तै हुन्, फकिर वा सर्वहाराजस्ता । बेदाग, त्यागी र समर्पित । दुवै बीपी कोइरालाको विचारका सच्चा अनुयायी हुन् । तर, भीमबहादुर तामाङको उम्मेदवारी नरहरिजीलाई जनजातिको भोट मागिदिने मुख मात्र हुँदै छ । ‘मणिले कौडीमा मिल्किनुपर्‍यो’ भनेको यसैलाई होला । मिल्दोजुल्दो मानसिकता वा मान्यताका आधारमा भन्नुपर्दा यी पङ्क्तिले शेरबहादुरजीलाई अद्योपान्त समर्थन गर्नुपर्ने हो । किनकि शेरबहादुरजीले राजाहरूसँग बलियो नाता कायम गर्नकै लागि अविवाहित जीवन त्यागेर ढल्किँदो उमेर भए पनि बिहा गर्नुभयो । राजा वीरेन्द्रको नागरिक अभिनन्दन गराउने, प्रथम श्रेणीको गोदबा लगाउने पहिलो काङ्ग्रेस नेता हुनाको साथै राजाको प्रत्यक्ष भूमिकाका लागि मार्ग प्रशस्त बनाउने काम उहाँले नै गर्नुभयो । यसबापत उहाँलाई ‘शाही काङ्ग्रेस’ आदि के बात लागेन † राजाको प्रत्यक्ष भूमिकाका समयमा प्रधानमन्त्री बन्ने ‘तीन बहादुर’ -लोकेन्द्रबहादुर, र्सर्ूयबहादुर र शेरबहादुर) मध्ये काङ्ग्रेसबाट उहाँ नै हुनुहुन्थ्यो ।
सुशील कोइराला इमानदार, निस्वार्थी र सादगीको प्रतिविम्ब हो । अडान र धैर्यको दोभान पनि हो । लाभको पदमा पुग्न चाहेको भए उहाँका लागि धेरैपटक त्यो अवसर नजुरेको पनि होइन । तर, उहाँले कुर्सीई पछ्याउनुभएन । कुर्सी उहाँलाई पछ्याउन भने छोडेन । परबाट हेर्दा उहाँको यो उम्मेदवारी त्यागको पुरस्कारका लागि नभएर र्समर्पणको निरन्तरताका लागि नै हो भन्ने बुझिन्छ । ‘सुशील’ उपदेशको नाम होइन, उदाहरणको रूप हो । यस रूपमा उहाँका कमी-कमजोरी मिसिएर नआएका होइनन् । बोल्ने बेलामा शब्दै नआउने रित्तो दिमागजस्तो, सुस्त मनस्थितिजस्तो, गतिशीलता र निर्णायक क्षमता नभएजस्तो उहाँमा देखिन्छ । तर, काङ्ग्रेसजनले उहाँलाई स्वार्थी, लम्पट र भ्रष्ट नेताको रूपमा हेर्न खोजे भने त्यही नै घातक हुनेछ । उखानै छ, ‘फकिरदेखि राजा पनि डराउँछन् ।’ त्यो अद्भूत आन्तरिक शक्ति सुशील कोइरालाले बोकेको देखिन्छ ।
त्यस पार्टीलाई आज एउटा इमानदार र समर्पित मियो व्यक्तित्व सभापतिका रूपमा चाहिएको देखिँदै छ । मुलुकको जर्जर परिस्थितिमा काङ्ग्रेस अझ पनि खाओवादीको अखडा र माओवादीको भरिया बन्न पुग्यो भने त्यस पार्टीको छविमा खिया लागेको बुझनुपर्छ । सुशील कोइरालालाई सभापतिका रूपमा लिनु काङ्ग्रेसमा चेत फिरेको र मति सुधे्रेको लाक्षणिक विशेषता मान्न सकिएला । सुशील चरित्रले हार्नु र अन्य चरित्रले जित्नु भनेको काङ्ग्रेसको मौलिक संस्कार र चरित्रकै पराजय हो, नैतिकताको अवसान हो । कदाचित त्यस्तो बेला आयो भने अरूले रामराम भन्नुबाहेक के गर्न सकिन्छ र ।