लेडेज्मालाई घरमै नजरबन्द गरिने

लेडेज्मालाई घरमै नजरबन्द गरिने


संविधानसभा निर्वाचनको वैद्यतामाथि औंला उठाउने भेनेजुयलाको विपक्षी दलका नेता एन्टोनिओ लेडेज्मालाई कारागारबाट शुक्रबार घरमा फिर्ता गरिएको छ । गत मंगलबार गिरफ्तारीमा परेका लेडेज्मालाई तीन दिन कारागार राखेपछि घरमै नजरबन्दमा राख्नेगरी फिर्ता गरिएको उनकी श्रीमतीलाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएका छन् । लेडेज्मा भेनेजुयलाको राजधानी काराकासका मेयर हुन् ।

लेडेज्मासँगै विपक्षी दलका अर्का नेता लेओपोल्डो लोपेजलाई पनि पक्राउ गरिएको थियो । सरकारी सुरक्षाकर्मीहरूले विरोध प्रदर्शनमा सहभागी अन्य नागरिकलाई पनि पक्राउ गरेका छन् । तर विपक्षीहरूले आन्दोलन गर्न छोडेका छैनन् । विपक्षीले राजधानी कराकासमा नयाँ संविधान लेखनको लागि भएको सरकारी तयारीको विरोधमा भीषण विरोध प्रदर्शनको तयारी गरेका छन् ।

संविधानको पुर्नलेखनका लागि भन्दै राष्ट्रपति निकोलास मुदुरोले गराएको संविधानसभाको निर्वाचनको विरोध गरेकाले उनीहरूलाई गिफ्तार गरिएको हो । संविधानसभा निर्वाचनको वैद्यतामाथि नै विपक्षी र अन्तर्राष्ट्रिय समुदायले प्रश्न उठाएका बेला उता राष्ट्रपतिले चाहिँ संविधान पुनर्लेखनको शक्तिशाली निकाय पनि गठन गर्न लागेका छन् । यो विषयको अन्तर्राष्ट्रिय समुदायले विरोध जनाएको छ ।