एमाले स्थायी समितिको आकस्मिक बैठक बस्दै

एमाले स्थायी समितिको आकस्मिक बैठक बस्दै


एमाले स्थायी समितिको आकस्मिक बैठक आज बस्ने भएको छ । नेकपा (एमाले) ले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न स्थायी समितिको आकस्मिक बैठक बोलाएको हो ।

काठमाडौंको धुम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा अपरान्ह ४ बजे स्थायी समितिको बैठक बोलाइएको केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

बैठकमा भरतपुर चुनावमा हार बेर्होनुपरेको कारण खोजिने र प्रदेश नम्बर दुईको चुनावका बारेमा समेत छलफल हुने बताइएको छ ।