नतिजा स्वीकार्न ओलीलाई प्रचण्डको आग्रह

नतिजा स्वीकार्न ओलीलाई प्रचण्डको आग्रह


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुरको नतिजा स्वीकार्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

प्रेस सेन्टर नेपाल प्रदेश नं ४ द्वारा आयोजित भेटघाट कार्यक्रममा प्रचण्डले भने,‘केप ओलीले चितवनको निर्वाचन परिणामलाई सहज रुपमा स्वीकार्नु पर्छ, आरोप प्रत्यारोप गर्नु भनेको जनमतको अबमुल्यन गर्नु हो ।’ उनले ओलीलाई एउटा जिम्मेवार नेताको भूमिका निर्वाह गर्न समेत आग्रह गरे ।

फरक प्रसंगमा प्रचण्डले मंसिर पहिलो हप्ताभित्र प्रदेश र केन्द्रका निर्वाचन सम्पन्न गर्ने गरी दलबीच छलफल सुरु भएको बताए । पूर्वप्रधानमन्त्री दाहालले आफूहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रमुखबाट मात्र राजनीतिक स्थिरता, समृद्धि र विकास सम्भव भएको कुरा सुरुदेखि नै उठाउँदै आएको उल्लेख गरे ।