फुट्यो राप्रपा : २२ सांसद र ७२ केन्द्रीय सदस्यले बनाए नयाँ दल

फुट्यो राप्रपा : २२ सांसद र ७२ केन्द्रीय सदस्यले बनाए नयाँ दल


२२ सांसद तथा ७२ केन्द्रीय सदस्यहरुले मिले कमल थापा नेतृत्वको राप्रापालाई फोड्दै नयाँ पार्टी बनाएका छन ।   पशुपतिशम्शेर राणा सहितका नेताहरुले आइतबार नयाँ पार्टी दर्ता गराएपछि थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुटेको हो ।

नयाँ पार्टी दर्ता गराउदै नेता पशुपति शमशेर राणा, तस्विर सौजन्य : कुबेर गिरि

राणाको नेतृत्वमा नयाँ दलको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ राखिएको छ, भने यही नामको दावि सहित राणाले दल दर्ताका लागि निर्वाचन आयोगमा आवेदन समेत दिइएका छन ।

समाचार श्रोतका अनुसार नयाँ दलमा तीन निर्वाचित सांसद सुनिल थापा, दिपक बोहोरा र विक्रम पाण्डे पनि छन् । यदि यसो भएमा कमल थापा नेतृत्वको राप्रपासँग १५ संसद मात्र हुनेछन् ।

२४ सांसद रहेको राप्रपा नेपाल र १३ सांसद रहेको राप्रपाबीच गत मंसिर ६ गते पार्टी एकता घोषणा भएको थियो ।