काठमाडौं । प्रधानमन्त्री बाबुराम भट्टराईले राजमार्गका होटलहरुमा बासी सडेगलेको र फोहोर खाना खुवाएर यात्रुहरुबाट बढी पैसा असुलेको गुनासो आएपछि त्यस्ता होटलको तत्काल निरीक्षण र अनुगमन गरी कारवाही गर्न आफ्ना कर्मचारीलाई निर्देशा दिएका छन् । विगत केही समय अघिबाट काठमाण्डौका रेष्टुरेन्टलगायतका विभिन्न व्यवसायहरु जसले आम सरोकारलाई दैनिक रुपमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले तिनको सरकारी निगरानी कडिकडाइका साथ गरेर एक प्रकारले जनतालाई राहत दिइएको मानिएको छ ।
राजमार्गका होटलहरुमा भएका अव्यवस्थित शौचालयलाई तत्काल व्यवस्थित बनाउन तथा दशैका बेला सवारी धनीहरुले यात्रुहरुबाट मनपरी भाडा असुलेको विषयमा पनि छानविन गरी कारवाही गर्न निर्देशन दिएको बारे प्रधानमन्त्री कार्यालयबाट थाहा लागेको छ ।
जनताको प्रत्यक्ष सरोकार राख्ने कुनै पनि निकायमा हुने यस्ता खालका गतिविधि तत्काल जानकारी गराउन प्रधानमन्त्रीको निजी सचिवालयले आग्रह गरेको छ । हरेक माध्यमबाट आएका गुनासाहरुको तत्काल सम्बोधन गरिने प्रधानमन्त्रीले घोषणा गरेका छन्। – देब, काठमाण्डौं, मेस
प्रतिक्रिया