अमर्यादाको पराकाष्ठा -श्रीमन नारायण

अमर्यादाको पराकाष्ठा -श्रीमन नारायण


राजधानीबाट प्रकाशित एक चर्चित राष्ट्रिय दैनिक आफ्नो व्यापारिक फाइदाका लागि कति हदसम्म अमर्यादित र सङ्कीर्ण पत्रकारिताको पराकाष्ठासम्म पुग्यो भन्ने कुराको त्यसको ज्वलन्त उदाहरण देशसामु र्छलङ्ग छ । विज्ञापन पाउनु समाचारमाध्यमको अधिकार हो । समाचारमाध्यमको सुचारु सञ्चालनका लागि यो मेरुदण्ड पनि हो तर विज्ञापनकै लागि पत्रकारिताको मूल्य, मान्यता र आदर्शलाई तिलाञ्जली दिनु पीत पत्रकारिताको पराकाष्ठा हो । धाक र धम्कीको भरमा विज्ञापन पाउने मानसिकता झन् घातक हो ।
स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिता लोकतन्त्रको आभूषण हो, गहना हो । राज्यको चौथो अङ्ग मानिसको पत्रकारिता लेख्न नसक्नेहरूको कलम हो भने बोल्न नसक्नेहरूको मुख हो । तर, पत्रकारिता पेसा नै दूषित हुन थालेपछि जनताको विश्वास सबै क्षेत्रबाट हट्न थाल्छ र सर्वत्र अविश्वासको वातावरण कायम हुन जान्छ । एक चर्चित नेपाली दैनिकले आफ्नो व्यापारिक लाभका लागि उद्योग-धन्दालाई मात्रै चौपट्ट पार्ने प्रयास गरेन अपितु दुई देशबीचको परम्परागत बहुआयामिक सम्बन्धमा नकारात्मक असर पार्ने कामसमेत गरेको छ । आफ्नो व्यापारिक लाभका लागि त्यस दैनिकले पटक-पटक अनावश्यक विषयलाई विवादको मुद्दा बनाउँदै आएको छ र आफ्नो स्वार्थपर्ूर्ति भइसकेपछि त्यसको पटाक्षेप गर्दै आएको छ । पत्रकारिताभन्दा पनि व्यवसायलाई त्यसले सर्वोपरी महत्त्व दिएको छ । एउटा कुशल व्यापारी कुनै पनि अवस्थामा नाफा मात्रै खोज्दछ र त्यो दैनिक पनि यसै धर्मलाई मान्दै आएको छ ।
खाद्य पदार्थ त्यसमा पनि रियलजस्तो पेय पदार्थमा राष्ट्रियताको खोजी गर्नु र त्यसलाई विवादको विषय बनाउनु त्यस पत्रिकाको मानसिक दर्रि्रतालाई दर्शाउँछ ।
भरपर्दो सूत्रअनुसार त्यस दैनिकले बहुराष्ट्रिय कम्पनी डाबरद्वारा उत्पादित रियल पेय पदार्थमा केही अखाद्य वस्तु पाइएको भन्दै त्यसको नमुना लिएर त्यसको कार्यालमा गए तथा कि त ठूलो राशिको विज्ञापन दिलाइदेऊ होइन भने त्यसलाई समाचार बनाउँछु भनेर धम्की दिएर त्यस दैनिकले अहिले एउटा छिमेकी राष्ट्र र बहुराष्ट्रिय कम्पनी डाबरको विरोधमा अनावश्यक प्रचारबाजी गर्न थालेको छ । आफ्नो स्वार्थपर्ूर्ति नभएपछि अन्य पत्रिकाहरूलाई पनि आफ्नो खल्तीको ठानेर त्यसको विरोध गर्न लगाउने त्यस दैनिकले अप्रत्याशित रूपमा राष्ट्रियताको मुद्दालाई उचालेको छ । स्वयम्मा विवादमा परेको र वर्षौं अदालतको चक्कर काटेको त्यस दैनिकले अरूको फाइदा भने एक्लोले लिने तर विरोधको बेलामा अरूको पनि सहयोग लिने भने नीतिबाट प्रेरित देखिन्छ । अन्य पत्रिकाको समस्यालाई उसले कहिले महत्त्व दिएन । डाबर कम्पनी नेपाल र भारतको संयुक्त लगानीमा स्थापित कम्पनी हो । डाबर निकै पुरानो र प्रतिष्ठित कम्पनी हो तथा यसको उत्पादनमाथि उपभोक्ताले आँखा चिम्लेर विश्वास गर्दछन् । यस कम्पनीमा नेपालीको लगानी दशकौंअघिदेखि छ । पेय पदार्थहरूमा केही मिसावट भएको कुरा विगतका दिनमा पनि चर्चामा नआएको होइन । यसअघि पनि कोकाकोला, मिरिन्डा, स्प्राइट, स्लाइस र कतिपय मिनिरल वाटरका बोतलमा अखाद्य विषाक्त वस्तु भेटिएका समाचार सार्वजनिक भएको थियो तर त्यतिबेला न त यसले बढी चर्चा पाएको थियो न त राष्ट्रियता नै खोजिएको थियो । विज्ञापन दिलाइदिन दबाब दिनु र नमानेपछि त्यसको विरोध गर्नु त्यस दैनिकको पुरानो बानी हो । खाद्य पदार्थमा अखाद्य वस्तु मिसाइएको रहेको छ भने त्यसको रहस्योद्घाटन हुनु राम्रो कुरा हो । जनताको स्वास्थ्य र हितसँग खेलवाड गर्ने छुट कसैलाई पनि हुनुहुँदैन तर खाद्य पदार्थमाा विषाक्त रहेछ भने त्यसको जाँच सरकारी प्रयोगशालाबाट हुनुपर्छ र त्यो सही सावित भएमा त्यस कम्पनीमाथि कारबाही हुनुपर्छ तर कुनै दैनिकले त्यसलाई दोषी ठहर्‍याउनु पीत पत्रकारिताको पराकाष्ठा हो । अलोकतान्त्रिकत्व हो तथा गैरजिम्मेवारीपन हो । यथार्थमा त्यस कम्पनीले रियल जुसका उत्पादनलाई नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षणका लागि नमुना पठाएको र त्यस विभागले आफू रियल जुसको उत्पादनबाट सन्तुष्ट रहेको पत्र गत असार ३० मा डाबर कम्पनीलाई पठाइसकेको छ ।
माओवादीको दसवर्षे सशत्र सङ्घर्ष र चन्दाआतङ्कका कारण नेपालको उद्योग व्यापार चौपट भइसकेेको छ । नेपाल सरकारको पटक-पटकको आग्रहका कारण बहुराष्ट्रिय कम्पनीहरू म्ाात्रै नेपालमा आफ्नो उत्पादन सुरु गर्न थालेका छन् । विदेशी र भारतीय संयुक्त लगानीका उद्योगहरूले नेपाली अर्थतन्त्र, रोजगार, सरकारी राजस्व तथा नेपालको निर्यातमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको छ । उक्त उद्योगहरूबाट उत्पादित वस्तुहरूको संसारभरि नै स्वीकृति प्रदान छ र यसको गुणस्तरीयतालाई पनि प्रमाणित गर्छ । विदेशी र भारतीय संयुक्त लगानीका उद्योगहरूबाट उत्पादित वस्तुहरूका विरुद्धमा प्रचारित गलत र तथ्यहीन समाचारले नेपाली अर्थतन्त्र तथा निर्यातलाई मात्र असर नगरी नयाँ प्रयत्न गर्ने विदेशी लगानीलाई समेत निरुत्साहित गर्नेछ । एक राष्ट्रिय दैनिकले मिडिया क्षेत्रमा आफ्नो दादागिरी कायम गर्न र विज्ञापनका लागि अन्यत्र दबाब र दबदबासमेत कायम गर्न विभिन्न षड्यन्त्रको सहारा लिइरहेको छ । वर्तमान विरोध यसैको उपज हो । अहिले विरोधको झण्डा बुलन्द गर्ने त्यस दैनिकले कुनै दिन सुटुक्क गएर आफ्नो फाइदाका लागि नतमस्तक पनि गर्नेछ तर अरू पत्रिकाको भविष्य चौपट गर्नेछ तर्सथ बेलैमा र्सतर्क हुनु आवश्यक छ ।
भारत मात्रै होइन विश्वका कुनै पनि देशले आफ्नो देशमा लगानीकर्तालाई ब्ल्याकमेलिङबाट जोगाउनु उसको कर्तव्य हुन जान्छ । डाबर कम्पनीले आफ्नो पक्षलाई चारैतिर राख्दा पनि कतैबाट न्याय नपाएपछि दूतावास पुगेको थियो, बाध्य भएर दूतावासले पत्राचार गरेको हो । विगतमा चिनियाँ र अन्य दूतावासले यस्तो गरेको थियो तर त्यसको विरोध भएन । देशबाहिर रहेका आफ्ना नागरिकको हितको रक्षा कुनै पनि दूतावासले गर्दछ नै । नेपालले पनि गर्दछ । विज्ञापन र ब्ल्याकमेलिङका बीचको भेद प्रस्ट हुनुपर्छ । ब्ल्याकमेलिङ पत्रकारिताको विरोध पनि हुनुपर्छ । आफ्नो देश, जनता र उपभोक्ताको पक्षमा खडा हुनु मिडियाको धर्म हो तर लाभ र लोभले प्रेरित भएर दुई देशबीचको सम्बन्धलाई बिगार्न खोज्नु र राष्ट्रको समग्र विकास निर्माण एवम् सहयोगमा प्रतिकूल असर पार्न खोज्नु दुभाग्यपूर्ण हो ।