फ्रान्स पनि छाउपडी प्रथाविरुद्ध

फ्रान्स पनि छाउपडी प्रथाविरुद्ध


छाउपडी प्रथाको अन्त्यका लागि नेपाल सरकारले व्यवस्थापिका–संसदबाट सर्वसम्मतिले कानून पारित गरेकामा फ्रान्स सरकारले स्वागत गरेको छ । मानवअधिकारसम्बन्धी विश्वव्यापी आवधिक समीक्षाका बेला सन् २०१५ मा नेपालले गरेको प्रतिबद्धताअनुरुप उक्त कानून पारित भएको स्मरण गर्दै फ्रान्सेली राजदूतावासले महिलाविरुद्धका विभेद र हिंसालाई निमिट्यान्न पार्न आफ्नो मुलुक सधैँ प्रतिबद्ध रहेको पनि जनाएको छ ।