दुई सय बहत्तर अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि (पूर्ण सूचीसहित)

दुई सय बहत्तर अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि (पूर्ण सूचीसहित)


सर्वोच्च अदालतले नेपाल बार एसोसिएनका अध्यक्ष शेरबहादुर केसी, उपाध्यक्ष उषा मल्ल पाठक, महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ, विजयकान्त मैनाली, डा, कुमार रेग्मी, रमेश लेखक, विपिन अधिकारी, चन्द्रकान्त ज्ञवाली, खिमलाल देवकोटा, रामनारायण बिँडारी, बाबुराम कुँवर, शैलेन्द्र दाहाल, अनिता सापकोटा, युगनाथ लम्साल, गान्धी पण्डित, विश्व घिमिरेलगायत २ सय ७२ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ । विहिबार बसेको अदालतको पूर्ण बैठकले नेपाल कानून व्यवसायी परिषद् ऐनअनुसार ती अधिवक्तालाई वरिष्ठ अधिवक्ता उपाधि दिइएको बताइएको छ । सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीका अनुसार वरिष्ठ अधिवक्ता उपाधिका लागि १५ वर्षसम्म निरन्तर वकालत गरेको, न्याय क्षेत्रमा योगदान पुर्‍याएको, इमान्दार कानुन व्यवसायी भई नागरिक र राष्ट्रलाई नै योगदान पुर्‍याएको हुनुपर्ने व्यवस्था रहे अनुरुप २ सय ७२ कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ता दिइएको हो ।

को-को भए वरिष्ठ अधिवक्ता, सूची हेर्नुहोस-