प्रहरी र अनसनरत डा. गोविन्द केसीका समर्थकबीच झडप

प्रहरी र अनसनरत डा. गोविन्द केसीका समर्थकबीच झडप


अनसनरत डा. गोविन्द केसी समर्थक र प्रहरीबीच झडप भएको छ । केसी समर्थक संसद भवनतर्फ अघि बढ्न थालेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । झडपमा गोविन्द केसीका केही समर्थक घाइते भएका छन् ।

काठमाडौको नयाँबानेश्वरस्थित एभरेष्ट होटल अगाडी प्रहरी र केसी समर्थकबीच झडप भएको हो । समाचार तयार पार्दासम्म केसी समर्थकहरु एभरेस्ट होटलअघि धर्ना दिएर बसेका छन् भने प्रहरीले सम्भावित स्थितिलाई ध्यानमा राखेर थप प्रहरी बल बोलाएको छ ।