तीन लाख पुरस्कार राशीको ‘एक्सपर्ट क्वीज–२०१७’

तीन लाख पुरस्कार राशीको ‘एक्सपर्ट क्वीज–२०१७’


एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज बुटवलले ‘एक्सपर्ट क्वीज–२०१७’ सुरू गरेको छ । पश्चिमाञ्चल क्षेत्रमै ठूलो पुरस्कार राशिको रुपन्देही जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिताको शुक्रबार जिल्ला शिक्षा कार्यालय, रूपन्देहीका विद्यालय निरीक्षक हरि अर्यालले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै अर्यालले मोफसलको शैक्षिक राजधानी बुटवलमा विद्यार्थीको अन्तरनिहित प्रतिभाको खोजी गर्न यस्ता हाजिरीजवाफ प्रतियोगिताले उपलब्धिमूलक रहने बताए । अर्यालले क्वीज प्रतिष्पर्धाले विद्यार्थीको क्षमतामा निखारता ल्याउने भन्दै कार्यक्रमको प्रशंसा गरे ।

कार्यक्रमा एक्सपर्ट एजुकेसन तथा भिजा सर्भिसेजका सिइओ सञ्जीवकुमार शर्माले विद्यार्थीहरूको शैक्षिक भविष्यको खोजीका लागि एक्सपर्ट सधै विद्यार्थीमाझ रहेको बताए भने न्यू होराइजन माविका प्राचार्य लोकनाथ उपाध्याय, कालिका नमूना माविका प्राचार्य घनश्याम पाठक, अभिभाव संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कँडेल, सिद्धेश्वर माविका प्राचार्यलगायतले प्रतियोगीहरुलाई शुभकामना व्यक्त गरे ।

जिल्ला स्तरीय प्रतियोगितामा प्रथम हुने समूहलाई नगद तीन लाख प्राप्त गरिने सर्भिसेजका निर्देशक रोशन कँडेलको भनाई छ । प्रतियोगितामा कक्षा ११, १२ समेत सञ्चालन गरेका रुपन्देहीका माध्यमिक विद्यालयको सहभागिता रहने छ ।

यो प्रतिस्पर्धामा प्रथम हुने समूहले नगद तीन लाख, द्धित्तीय र तृतीय हुने समूहले क्रमशः ५० हजार र २५ हजार पुरस्कार पाउने छन् । प्रतियोगिता सुरु भएसँगै फेसबुकमार्फत अनलाइन हाजिरीजवाफ समेत सञ्चालन गरिएको संस्थाले जनाएको छ । फेसबुकको एक्सपर्ट आइएलटिएस पेजमा हरेक १५ दिनमा एउटा प्रश्न सोध्ने र त्यसको सही जवाफ पठाउने मध्येबाट एक जनालाई गोलाप्रथा गरेर विजयी घोषणा गरिने उनले जानकारी दिए । यो प्रतियोगितामा मुलुकभरका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरु सहभागी हुन सक्नेछन् । यसरी विजयी हुने विद्यार्थीको एक महिनाको शुल्क बराबरको रकम उपलब्ध गराइने जनाइएको छ ।