महिला भलिबललाई शिवमको साथ

महिला भलिबललाई शिवमको साथ


नेपाली महिला भलिबलको चर्चित टोली न्यू डायमन्ड एकेडेमीले मुख्य प्रायोजनको रुपमा शिवम् सिमेन्टको साथ पाएको छ । शिवम् सिमेन्टले नैकापको न्यू डायमन्ड एकेडेमीलाई एक वर्षका लागि सम्झौता गरेको हो । सम्झौता कार्यक्रममा शिवम् सिमेन्ट लिमिटेडका सेल्स एन्ड मार्केटिङ उपाध्यक्ष सजन देवकोटा र न्यु डायमन्ड स्कुलका प्रिन्सिपल तथा प्रशिक्षक कुमार राईले हस्ताक्षर गरे ।

सम्झौताअनुसार शिवम् सिमेन्टले न्यू डायमन्डलाई एक वर्षका लागि ८ लाख नगद सहयोग गर्नेछ । त्यसमा न्यु डायमन्डले आयोजना गर्ने एउटा प्रतियोगितामा शिवम सिमेन्ट मुख्य प्रायोजकको रुपमा रहनेछ । सम्झौतासँगै न्यू डायमन्डले शिवम् न्यू डायमण्ड भलिबल टिमको नामबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेछ । खेलाडी तथा अफिसियलले शिवम् सिमेन्टको लोगो अंकित जर्सी लगाउनेछन् । नेपाली भलिबलकै इतिहासमा कुनै एउटा क्लबको लागि यती ठूलो रकममा सम्झौता भएको यो पहिलोपटक हो ।