हिमानीबाट पाँच सय परिवारलाई राहत प्रदान गरिने

हिमानीबाट पाँच सय परिवारलाई राहत प्रदान गरिने


पूर्व युवराज्ञी हिमानी शाहद्वारा सञ्चालित ‘हिमानी ट्रष्ट’ले तराईका बाढीपीडितलाई राहत सहयोग उपलब्ध गराउने भएको छ । ट्रष्टले दिएको जानकारीअनुसार बाढीले तराईका ठूलो भू–भागमा क्षति पुऱ्याई जनजीवन अस्तव्यस्त तुल्याएको भए पनि हालको लागि पर्सा जिल्लाका केही गाउँका पीडितलाई राहत उपलब्ध गराइन लागेको हो । ट्रष्टकी अध्यक्ष हिमानी शाह स्वयम् सरिक भई यही भदौ ७ गते बुधबार पर्साका बाढीप्रभावित एवम् पीडित पाँच सय घर–परिवारलाई त्रिपाल, चामल, दाल, नुन–तेल लगायतका राहत सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ ।