पिस प्वाइन्ट कप फुटबलमा चालिस टिम

पिस प्वाइन्ट कप फुटबलमा चालिस टिम


पिस प्वाइन्ट बोर्डिङ स्कुलको आयोजनामा दोश्रो ३६१ डिग्री पिस प्वाइन्ट कप अन्तरविद्यालय फुटबल प्रतियोगिता भोलि भाद्र ८ गते बिहीबारदेखि हुने भएको छ । खेल पोशाक बिक्रेता कम्पनी ३६१ डिग्रीको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताको ब्वाइजमा ३२ र गल्र्समा ८ गरी जम्मा ४० टिमको सहभागिता रहने छ । सो कुरा पिस प्वाइन्टकी प्रिन्सिपल ईशु गुरुङले जानकारी गराएकी हुन् । गल्र्सको स्पर्धा यही संस्करणदेखि सुरु गर्न लागिएको पिस प्वाइन्टकी भाइस प्रिन्सिपल कल्पना न्यौपानेले बताइन् ।

ब्वाइजमा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । गल्र्समा पहिलो हुनेलाई ३ हजार, दोश्रोलाई २ हजार र तेश्रोलाई १ हजार नगद पुरस्कार प्रदान गरिने छ । ब्वाइजमा आयोजक पिस प्वाइन्ट गत संस्करणमा विजेता बनेको थियो ।

प्रतियोगिताको सह–प्रायोजकमा भाटभटेनी सुपर मार्केट, स्निकर्स, म्याजिक स्लिपर्स, रेड बुल, पेपे पिज्जा, रियल फ्रुट जुस, सोनाम गियर्स, तिसारा रेस्टुरेन्ट, मार्टिन आइसक्रिम र हाउस अफ मोमो रहेका छन् । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख रुपैयाँ खर्च हुनेछ । नकआगट आधारमा खेलाइने प्रतियोगिताका खेलहरु सानोगौचरणमा हुनेछ । फाइनल भदौ १५ गते हुनेछ ।