रोजगारमूलक कामलाई बढावा दिइने

रोजगारमूलक कामलाई बढावा दिइने


श्रम राज्यमन्त्री डिल्ली चौधरीले मुलुकभित्र पर्याप्त श्रमको व्यवस्थापन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । उहाँले वैदेशिक रोजगारमा जाने श्रमिकको संख्या घटाउन मुलुकभित्र रोजगारमूलक कामलाई बढावा दिने योजना ल्याइने जानकारी दिनुभयो ।

यसैबीच राज्यमन्त्री चौधरीले नेपालगञ्जस्थित भेरी अञ्चल श्रम कार्यालयको निरीक्षण गरी त्यहाँबाट प्रदान भइरहेका सेवा, सुविधाका विषयमा जानकारी लिनुभयो । रासस