आईएमईको छक्का पञ्जा योजना सार्वजनिक

आईएमईको छक्का पञ्जा योजना सार्वजनिक


आईएमईले दशैतिहार र छठलाई लक्षित गर्दै आईएमई छक्का पञ्जा योजना सार्वजनिक गरेको छ । यो योजना आज (सोमबार) देखि लागु भएर मंसिर ३ गतेसम्म संचालन हुने कम्पनीले जनाएको छ ।

योजना अवधिभर दैनिक लक्की ड्र बाट छनौट हुने ६० जनालाई १०० रुपैँया बराबरको आईएमई पे क्यास, हरेक १५/१५ दिनमा १/१ जना भाग्यशाली सेवाग्राहीलाई ६ लाखको जीवन बीमा र हरेक ६/६ सातामा १/१ जना भाग्यशाली सेवाग्राहीलाई १० लाख रुपैँया नगद प्रदान गरिने कम्पनीले जनाएको छ ।

यो योजना अन्तर्गत अन्तर्राष्ट्रियर आन्तरिक कारोबारको हकमा पैसा पठाउने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा विजेता छानिने भएको छ । अन्तर्राष्ट्रिय कारोबारको हकमा विजेताले इच्छाएको नेपालमा बस्ने आफन्तलाई पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।

योजनामा आईएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट संचालक तथा आईएमई सम्बद्ध व्यक्ति सहभागी हुन पाउने छैनन् । जीवन बीमा प्राप्त गर्नुहुने विजेताले सम्बन्धित बीमा कम्पनीद्वारा निर्धारित नियम तथा शर्तहरु पालना गर्नुपर्ने कम्पनीले जनाएको छ । आईएमईका जुनसुकै एजेन्ट संजालमार्फर्फ रेमिटेन्स कारोबार गरेका भौचर कपी योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ ।