बीस परिवारलाई लायन्सले घर बनाइदिने

बीस परिवारलाई लायन्सले घर बनाइदिने


रत्ननगर नगरपालिका वडा नं ८ रमाइलो टोलमा रहेका २० घर बाढी प्रभावित परिवारलाई लायन्स क्लब अफ चितवन राइनो सिटीको नेतृत्वमा नयाँ घर बनाइने भएको छ ।

करिब रु ५० लाखको लागतमा यहाँ रहेका विपन्न परिवारका लागि घर निर्माण गर्ने निर्णय भएको सो संस्थाका पूर्व अध्यक्ष नीरज श्रेष्ठले जानकारी दिनुभयो ।

बाढीले यहाँका सुकुम्बासीको २० घरमा क्षति पु-याएकाले परियोजना सञ्चालन गरेर उनीहरुका लागि नयाँ घर निर्माण गर्न लागिएको उहाँले बताउनुभयो ।

राससका अनुसार, घर निर्माणमा रत्ननगर नगरपालिकाले जग्गा उपलब्ध गराइदिने घर निर्माणमा कम्तिमा रु दुई लाख सहयोग गर्नेको दाताको नाम राखिने जनाइएको छ ।

लायन्सका प्रतिनिधि विभिन्न सङ्घसंस्था तथा व्यवसायीबाट घर निर्माणमा योगदान हुनसक्ने लायन्स क्लब अफ चितवन राइनो सिटीले जनाएको छ ।