अन्ततः रामेश्वर राय यादव माओवादी केन्द्रमा प्रवेश

अन्ततः रामेश्वर राय यादव माओवादी केन्द्रमा प्रवेश


विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरममा सहअध्यक्ष रहेका रामेश्वरराय यादव नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बुधबार सर्लाही जिल्लाको चक्रघाटामा आयोजित पार्टी प्रवेश कार्यक्रममा यादवले आफ्ना बिभिन्न हजारौं समर्थकसहित माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

यादवसहित उनका हजारौं समर्थकहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका छन् ।

बिभिन्न मिडियाहरुमा उनी राजपा, एमाले लगायतका पार्टीमा प्रवेश गर्दै भनेर समाचार बनाइरहेका बेला घटना र विचारले यसअघि नै उनी माओवादीमा प्रवेश गर्न लागेको समाचार बनाएको थियो ।

यो पनि पढ्नुस : 

फोरम लोकतान्त्रिकमा सह-अध्यक्ष रहेका रामेश्वरले रोजे माओवादी-पथ